पूर्वाञ्चल खबर
नेपाली कांग्रेस विराटनगर महानगर ,नगर समितिले आज विराटनगरमा आयोजना गरेको विजया दशमीको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । देशमा आज आएको परिवर्तन विराटनगरले नेतृत्व गरेको र जनतालाई मुक्ति दिलाएको भन्दै सिटौलाले इतिहासका आधारमा पनि विराटनगर राजधानी हुन योग्य रहेको दावी समेत गरे । उनले केन्द्रदेखि प्रदेश र स्थानीय तहसम्म नै दुई तिहाईको सरकार भएकाले शक्ति सन्तुलनको अवस्था समेत विग्रदो अवस्थामा रहेको टिप्पणी समेत गरे ।
कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रिय सदस्य डिला संग्रौलाले गुटगत राजनीतिबाट कार्यकर्ता समेत निरास हुनेगरेको धारणा ब्यक्त गरीन् । उनले अहिलेको अवस्थामा कांग्रेसलाई एकताबद्ध गरेर अगाडी बढ्न आबश्यक भएको बताइन् । यस्तै कांग्रेस केन्द्रिय सदस्य गुरु घिमिरेले कांग्रेस गन्तब्यमा पुग्नबाट अल्झिरहेको टिप्पणी गरे । यस्तै कांग्रेस केन्द्रिय सदस्य अमृत अर्यालले कार्यकर्ताको भावना र जनताको अपेक्षा अनुरुप काम गर्न आबश्यक भएको धारणा ब्यक्त गरे ।
विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरको विकास र जनभावना अनुरुप आफुले काम गरिरहेको बताए । उनले आफुले गरेका काममा सहयोग र सुझावको अपेक्षा रहेको धारणा ब्यक्त गरे । उपमेयर इन्दिरा कार्कीले आफुले विराटनगरका जनताका समस्या र न्याय दिने सबालमा कुनै कसर बाकी नराखेको बताइन् । न्याय सम्पादन र जनताका भइपरि आउने समस्याका साथै महिलाहरुका समस्याका विषयमा समेत आफुले काम गरिरहेको कार्यक्रमा जानकारी गराइन् ।
कार्यक्रममा पूर्व सांसद भुटनीदेवी खवास ,कांग्रेस जिल्ला सदस्य राजेश गुप्ता,नेविसंघका सह-महामन्त्री कृष्ण कार्कीलगाएतले बोलेका थिए ।