पूर्वाञ्चल खबर
उनीहरुले प्रदेश १ का सभामुख र मुख्यमन्त्रीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् ।
उद्योग संगठन मोरङ, मोरङ व्यापार संघको अगुवाईमा आएको टोलीले पूर्वाधार र सामथ्र्यका कारण राजधानी बन्न विराटनगर नै उपयुुक्त भएको दावी गरेका छन् ।
उद्योगी व्यापारीहरुले राजधानीको पर्याप्त आधार हुँदाहुँदै अन्यत्र लगे संघीयता र समृद्धिको नारा सार्थक नहुनेतर्फ सभामुख भण्डारीको ध्यानाकर्षण गराएका थिए ।
ज्ञापनपत्र बुझ्दै सभामुख प्रदीपकुमार भण्डारीले विराटनगरका सरोकारवालाको सुझाव सम्बन्धित ठाउँमा जानकारी गराउने बताए । आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले राजधानीको विषयमा संसदले ठोस निर्णय गर्ने भएको कारण अहिले नै आत्तिन नहुने बताए ।