AArya
RUMPUM
animated ellipse animated ellipse

मलेसियामा १० नेपालीको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० आश्विन २०७५, बुधबार ०८:०७
3
Shares
काठमाडौं /मलेसियामा विषाक्त मदिरा पिएर मर्ने नेपालीको संख्या १० पुगेको छ । उपचारका क्रममा रहेका सुकु बल घिसिङ, बिमल कार्की र सर्लाहीका शेरबहादुर ठकुरी एवम् नवलपरासीका दुर्गासिंह रानाको पनि मृत्यु भएको छ ।

यसअघि धादिङका भीमबहादुर घले, रुपन्देहीका रामकुमार यादव, डडेल्धुराका विशाल बुढाथोकी, सुनसरीका सञ्जय उराव, इलामका बलबहादुर कुलुङ, पत्थरकोटका आइतसिंह गोलेको मृत्यु भएको थियो ।

विषाक्त मदिरा सेवनबाट बिरामी परेका ९ जनाको अझै उपचार भइरहेको छ । तीमध्ये बाराका राधेश्याम बैठा र खोटाङकी चम्पावती राईको अवस्था गम्भीर छ । १० नेपालीसहित विषाक्त मदिरा सेवनबाट मलेसियामा ३९ जनाको मृत्यु भएको छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर