RUMPUM
animated ellipse animated ellipse

बधशाला दुइबर्ष भित्रै सञ्चालनमा आउछ : मेयर पराजुली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ भाद्र २०७५, आईतवार २०:२०
3
Shares
विराटनगर / विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरमा निर्माणाधिन अवस्थामा रहेको बधशाला दुइवर्ष भित्र सञचालनमा ल्याउने बताएका छन् ।

विराटनगर महानगरको आयोजना तथा हेफर इन्टरनेश्नल नेपालको सहकार्यमा आज विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै मेयर पराजुलीले यस्तो बताएका हुन् । उनले आधुनिकरुपमा बधशालालाई सन्चालनमा ल्याउन अधितम प्रयासमा महानगर जुटिरहेको बताएका हुन् ।

लामो समयदेखि निर्माण रोकिएको विराटनगर स्थित वार्ड नं ८ मा रहेको बधशाला निर्माणका लागि यस वर्ष १ करोड २० लाख रकम छुट्टाएको छ । थप बजेटका लागि प्रदेश सरकारसंग रकम माग गरिएको तर सो रकम नआए आगामी आर्थिक बर्षमा चाहिने रकम छुट्टाएर भएपनि २ वर्ष भित्र व्यवस्थित बधशाला निर्माण गर्ने मेयर पराजुलीले बताए ।

कार्यक्रममा बोल्दै हेफर इन्टरनेश्नल नेपालका कार्यक्रम निर्देशक तिर्थराज रेग्मीले उपभोक्ताहरुलाई गुणस्तर मासु उपभोग गर्ने बातावरण बनाउनु पर्नेमा जोडदिए । उनले विराटनगर महानगरपालिकामा बधशाला निर्माणका लागि हेफर इन्टरनेश्नल सहयोग गर्न तयार रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर