RUMPUM
animated ellipse animated ellipse

रथयात्राको तयारी अन्तिम चरणमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०७५, सोमबार २०:१७
3
Shares
विराटनगर / राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा पुगेको छ । ५१ औ पटक आयोजना गर्न लागिएको रथयात्राको तयारी अन्तिम चरणमा पुगेको हो ।

राधाकृष्ण रथयात्रालाई व्यवस्थीत र आकर्शक बनाउन बग्गी र हेलिकप्टर प्रयोग गरिने छ । रथयात्रा समारोह समितिका अध्यक्ष बाबुराजा ओझाका अनुसार भदौ १८ गते बेलुका ४ बजेदेखि सुरु हुने रथयात्रामा हेलिकप्टरबाट पुष्पबृष्टी र रथको अग्रभागमा बग्गी प्रयोग गरिने छ ।

रथयात्रा मुल समारोह समितिले रथयात्रालाई भब्य र व्यवस्थीत बनाउन १९ वटा उपसमिति गठन गरेको छ ।

विराटनगर पानीटंकी चोक स्थीत राधाकृष्ण मन्दिर परिसरबाट निस्कने रथ ट्राफिक चोक, महेन्द्र चोक, भृकुटी चोक, बरगाछी हुदै पुन मन्दीर परिषर पानीटंकमा पुगेर समापन हुने छ । रथयात्रालाई व्यवस्थीत र भब्य बनाउन समारोह समितिले ४० ठाउँमा बिश्राम गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर