RUMPUM
animated ellipse animated ellipse

ज्ञान सारथिमा लोक दोहोरी प्रतियोगिता

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०७५, शुक्रबार २१:४०
3
Shares
दोहोरी गीत गाउँदै विद्यार्थी ।
विराटनगर / विराटनगर–३ मा रहेको ज्ञान सारथि विद्यपीठले आन्तरिक लोक दोहोरी प्रतियोगिता आज आयोजना गरेको छ ।

विद्यार्थीहरूको व्यक्तित्व र क्षमता विकास गर्दै उनीहरूमा भएको प्रतिभालाई उजागर गर्न प्रतियोगिता आयोजना गरिएको हो । विद्यालयले विद्यार्थीलाई पढाइका साथै विभिन्न अतिरिक्त क्रियाकलप गराउँदै विद्यार्थीको व्यक्तित्व विकासका कार्यक्रम गर्दै आएको छ । ज्ञान सारथि विद्यपीठले पहिलो पटक लोक दोहोरी प्रतियोगिता आयोजना गरेको हो । नेपाल लोकगीतमा सम्पन्न हुँदाहुँदै पनि युवापुस्ता लोकगीतबाट विमुख हँुदै गरेको अवस्थालाई ध्यानमा राखी उक्त कार्यक्रम आयोजना गरिएको हो ।

लोक सांस्कृतिक परिवेश झल्किने मञ्च व्यवस्थित गरी गरिएको उक्त कार्यक्रममा विभिन्न कक्षामा अध्ययनरत विद्यार्थीको चार समूहका ३६ जनाको सहभागी थिए । चार समूहमध्ये फाइनल चरणमा प्रवेश गर्ने दुई समूहमध्ये आयुषा न्यौपानेको समूह प्रथम भएको थियो भने रवीन्द्र भण्डारीको समूह द्वितीय भएको थियो । यस्तो कार्यक्रमले विद्यार्थीहरूमा रचनात्मक क्षमता र आत्मविश्वासको विकास हुने भएकाले आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने उद्देश्य विद्यालयले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर