RUMPUM
animated ellipse animated ellipse

वडा नं. २ विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०७३, शनिबार २३:०१
3
Shares
२५ मंसिर, उर्लाबारी /उर्लाबारीमा जारी दोस्रो नगरस्तरीय कपको आजको खेलमा वडा नं. २ विजयी भएको छ ।
वडा नं. ८ लाई ५–१ गोलअन्तरले पराजित गर्दै वडा नं. २ विजयी बनेको हो । विजयी टोलीका लागि प्रकाश गिरीले ह्याट्रिक र समर राईले १ गोल गरेका थिए । अर्को एक गोल भने उपहार पाएको थियो । ८ नं. का सरोज धिमालले सान्त्वना गोल गरे । खेलको म्यान अफ द म्याच विजयी टिमका प्रकाश गिरी घोषित भए ।
खेलको म्यान अफ द म्याचको प्रायोजन पुर्व राष्ट्रिय फुटबल खेलाडी तथा उर्लाबारी फुटबल क्लबका सल्लाहकार ललित अधिकारीले वितरण गरेका थिए ।
आइतबारकोे खेल वडा नं. ३ र वडा नं. ५ बीच हुने फुटबल क्लबका उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर