पूर्वाञ्चल खबर
नेदरल्यान्ड्सले दिएको १ सय ९० रनको विजय लक्ष्य पछ्याएको नेपाल ४१ दशमलव ५ बलमा १ सय ३४ मा अलआउट भयो । नेपालको सुरुवात राम्रो गरेको थियो । उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो विकेटका लागि ५८ रनको उत्कृष्ट साझेदारी गरे । अनिल २१ रनमा आउट हुँदा ज्ञानेन्द्र ५१ रनमा आउट भए । ज्ञानेन्द्रले एकदिवसीय खेलमा नेपालको तर्फबाट पहिलो अर्धशतक प्रहार गर्ने कीर्तिमान समेत बनाए । त्यस्तै कप्तान पारस खड्का १२ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरी ३३ रनमा आउट हुँदा
नेपालको आशा समाप्त भयो । नेदरल्यान्ड्सका क्लासन, मिचेल रिप्पोन र पिटर सिलारले ३–३ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ४७ ओभर ४ बलमा सवै विकेट गुमाउँदै १ सय ८९ रनको सामान्य योगफल तयार पारेको छ ।
नेदरल्यान्ड्सका लागि मिचेल रिप्पोनले ७६ बलमा ५१ रन जोडेका थिए । यस्तै स्टेफेन माइबर्गले २९, बास डे लिडेले ३०, बेन कुपरले २० र स्कट एडवाड्सले १८ रन बनाए ।
नेपालका कप्तान पारस खड्काले उत्कृष्ट बलिङ गर्दै एक्लैले ४ विकेट लिए । खड्काले १० ओभर बलिङ गर्दै २६ रन दिए ।
यस्तै सोमपाल कामीले ३ विकेट हात पार्दा सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले समान १–१ विकेट हात पारे ।प्तकोशीको बाँध फुटेपछि नेपाली गाडीलाई रुट अनुमति प्रदान गर्न स्थापना भएको भारतीय अफिस प्रयोजन सकिएपछि पनि जबरजस्ती बसिरहेको थियो।