AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा हरितनगर कार्यको शुभारम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ श्रावण २०७५, बुधबार १४:५६
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले स्वच्छ , सुन्दर, हरियाली, सफा र सभ्य सहर विराटनगर भन्ने नारा सहित वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेको छ ।

आज महानगरका मेयर भीम पराजुलीले विराटनगर वार्ड नं १० शान्तिचोकबाट बृक्षरोपण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

नाली सहित पिच भएका सडक छेउमा वृक्षारोपण गरिने भएको छ । जसका लागि १७ सय ५० विरुवाहरु रोप्ने तयारीमा महानगर जुटेको छ । वृक्षारोपण कार्यक्रममा विराटनगर महानगरका मेयर पराजुलीले क्रमश विराटनगरलाई हरित नगरीका रुपमा विकास गरिने बताए । उनले नगरलाई सफा स्वच्छ र सुन्दर बनाउनको लागी सरसफाई र वृक्षारोपण कार्यक्रमले निरन्तरता पाउने बताए ।

कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत कुमारप्रसाद दाहाल ,वार्ड नं १० का वडाअध्यक्ष माधवराज वाग्ले ,महानगर वतावरण शाखा अधिकृत अनिता न्यौपानेलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर