RUMPUM
animated ellipse animated ellipse

टंक बुढाथोकीलाई विवेकको चुनौती : पढाई बिगारेर तपाईको छोरालाई असोक जस्तै कुदाउन सक्नुहुन्छ ?

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० असार २०७५, शनिबार २०:११
3
Shares
काठमाडौं / उर्लाबारी फोकस टिभीका युट्युव च्यानलका सञ्चालक विवेक हिङमाङले टंक बुढाथोकीसँग असोक दर्जीको आय व्यय खोज्नु के गल्ती हो भनेर प्रश्न तेर्साएका छन् । असोक दर्जीको अध्ययन नै ठामाडोल पारेर टंक बुढाथोकीले परीक्षा पनि छुटाएको उनले बताए ।

उनले सामाजिक सञ्जालमा आफ्नो गुनासो पोख्दै भनेका छन्,। अप्रिल १० जसमा मेरो साथी किशोर श्रेष्ठले अन्तरवार्ता लिए र मैले खिचे । त्यसपछि, हाम्रो भिडियो केहि मात्रामा भाईरल भयो । मेरो साथी किशोरले मलाई भन्यो साथी १० २० हजार छ बाबुको लागि प्रतिभा पहिचान गरिदिम राम्रो हुन्छ ।

सोहि बमोजिम प्रतिभा पहिचान कार्यक्रम गरेको बताउँदैं विवेक भन्छन्,‘ हामीले असोकलाई ल्याएर असोक दर्जी प्रतिभा पहिचान कार्यक्रम गर्यौं । जुन एकदमै राम्रो भयो ।

सोही कार्यक्रमबाट शिक्षासेवी दीपक न्यौपानेले आफ्नो विद्यालयलमा लगेर निशुल्क अध्ययन गराईदिएको विवेकले बताए । त्यसपछि साँगीतिक कक्षाको पनि व्यवस्था मिलाइएको छ । तर आजभोली कार्यक्रम भन्दै पढाई परीक्षा छुटाउने र एकाधिकार जमाएकोमा दुख लागेको विवेक बताउँछन् । उनले टंक माथि बिभिन्न प्रश्नहरु तेर्साएका छन् । जुन यस्तो छ ।

कसैले त्यतिबेला सोधे कि अशोकलाई अवसर देको हो भने किन अशोक दर्जी साथमा टंक बुढाथोकी भनेर गीत गाए ?

मन बिनाको धन अशोकलाइ अवसर देको हो भने त एकल गीत हुनुपथ्र्याे नि ?

अनि सम्पूर्ण मिडियाले डिजे रुपकले सडकबाट उठाएर लेर गए भन्दा अरु ३ जना काठमाडौँ गहेको अन्तरबार्ता किन लिएनन् ?

मैले नबुझेको कुरा कुनै पनि अवोध बालकलाई ५ वर्ष को सम्झौैता कसरि गरिन्छ ?

आर्थिक सार्बजनिक गर्नुस, पारदर्सिता देखाउनुस हामी नि सदस्य छौ, हामीलाई नि थाहा हुनुपर्छ भन्नु के गलत हो ? बिद्यालय को समय मिलाएर कार्यक्रम मा लानुस भन्नु के गलत हो ? अनि संगीतमा एकाधिकार नगर्नुस भन्नु गलत हो ? विवेकको प्रश्न छ उनलाई ।

उनले टंक बुढाथोकीलाई पुन ः प्रश्न गरेका छन् , टंक सरलाई मेरो एउटा प्रस्न यदि आज विदेशका कार्यक्रम अध्ययन भन्दा महत्व हो भने तपाईको छोराले पनि अशोकको जति नै गीत गाउन सक्छ उसलाई पनि भोलिबाटै स्कूल नपठाउनु होस् छोरालाई प्लेनमा पढाउदै लैजान सक्नुहुन्छ ?

यदि तपाईको छोराले परीक्षा दिदै गरेको अवस्था हुन्थो भने के तपाई विदेश पठाउनु हुन्थो ? म पनि अबिभाबक हु म चै विदेश पठाउन सक्दिन,विवेकले भने । उनले सुरुवाती दिनमा असोकलाई पहिचान गराउन सहयोग गर्ने सबैमा धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर