AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगर महानगरले विभिन्न ऐन,कानुन , नियावली र कार्यविधि पारित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ असार २०७५, मंगलवार १९:५९
3
Shares
विराटनगर / विराटनगर महानगरपालिकाले दोस्रो नगरसभावाट ऐन,कानुन ,नियावली र कार्यविधि लगायतका २१ वटा विभिन्न विषयहरुलाई पारित गरेको छ ।

विराटनगर स्थित विरेन्द्र सभागृहमा आजदेखि शुरु भएको नगरसभामा विराटनगर महानगरका मेयर भीम पराजुलीले प्रस्तुत गरेको ऐन,कानुन ,नियावली र कार्यविधि नगरसभाबाट पारित भएका हो । आर्थीक ऐन २०७५/०७६ ,विनियोजन ऐन २०७५/०७६, निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण कार्यविधि नियावली २०७४,नगर कार्यपालिका कार्यविभाजन नियावली २०७४,करारमा प्राविधिक कर्मचारी सम्वन्धी कार्यविधि २०७५ ,नगर कार्यपालिका कार्यविभाजन नियावली २०७४,नगर कार्यपालिका बैठक सञ्चालन सम्वन्धी कार्यविधि २०७४,नगर कार्यपालिका कार्य सम्पादन नियावली २०७५,आर्थीक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको कानुन २०७४,स्थानीय तहको प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५,न्यायीक समिति (कार्यविधि सम्वन्धी )ऐन २०७४,कर्मचारी व्यवस्थापन ऐन २०७५,बजार अनुगमन निर्देशिका २०७५,सहकारी ऐन २०७५ स्वीकृत गर्ने ,एफ.एम रेडियो ( सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ स्वीकृत गर्ने ,कृर्षि व्यवसाय प्रवर्धन ऐन २०७५ स्वीकृत गर्ने , (घ ) वर्गको निर्माण व्यवसायी इजाजतपत्र सम्वन्धी कार्यविधि स्वीकृत गर्ने ,स्थानीय राजपत्र प्रकासन सम्वन्धी कार्यविधि २०७५ स्वीकृत गर्ने ,उपभोक्ता समिति गठन,परिचालन तथा व्यवस्थापन ऐन २०७५ स्वीकृत गर्ने ,विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ स्वीकृत गर्ने र गैर सरकारी संस्था ( संचालन तथा व्यवस्थापन ) निर्देशिका २०७५ स्वीकृत गर्ने लगायतका रहेका छन् ।

नगरसभाले स्थानीय तहको संचालन तथा व्यवस्थापन सम्वन्धि आदेश २०७४ अनुसार आव २०७५/०७६ का लागि विभिन्न सेवाको शुल्क तथा दस्तुर तोकी स्वीकृत गरेको छ ।

नागरिकताको सिफारिस ५ रुपैवाट बढाएर ५० रुपैया तोकिएको छ,नाता प्रमाणित प्रतिव्यक्ति सिफारिस रु २५ वाट बढाएर ५० रुपैया तोकिएको छ ,उद्योग दर्ता प्लाष्टीक उद्योग,टायर रिसोलिंग उद्योग,केमिकल उद्योग जस्ता प्रदूषण फैलाउने उद्योगको सिफारिस पूँजीका आधारमा ३ हजार देखि १२ हजार तोकिएको छ भने साना तथा मझौला उद्योग जसले प्रदुषण फैलाउदैनन् त्यसलाई २ हजार रुपैया तोकिएको छ । कार्यक्रममा विराटनगर महानगरका उपमेयर इन्दिरा कार्की,प्रमुख प्रशासकिय अधिकृत कुमार दाहालले विभिन्न विषयगत धारणाहरु नगरसभामा पेस गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर