AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धनपालमा ८० घर हस्तान्तरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ असार २०७५, मंगलवार १८:३४
3
Shares
विराटनगर / नेपाली जनताले गाँस , बाँस र कपासको समस्याबाट मुक्त हुने प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।

रहमा इन्टरनेशनल कुवेत र नेपाल डेभलपमेण्ट सोसाईटीको संयुक्त प्रयासमा मोरङको धनपाल गाँउपालिका वडा नं ६ मा नव निर्मित ८० वटा दुई कोठे पक्की घर उद्घाटनका अवसरमा उनले मुलुकमा तीन तहको सरकारले जनतामा रहेको विकास र समृद्धिको चाहना पुरा गरी गरीवी हटाउने बताए ।

मुख्यमन्त्री राईले संघीय संरचनामा मात्र विकास र समृद्धि जनता पाउने वताउदै मुलुकमा द्धन्द्ध र हिंसा अन्त्य भएको र अमन शान्ति कायम भएकोले भ्रष्टाचारको अन्त्य र सुशासन प्रभावकारी हुने बताए । उनले घर, विद्यालय, स्वास्थ्य चौकी निर्माणवाट यस क्षेत्रको समृद्धिलाई माथि उठाउने वताउदै निर्माण भएको संरनाको संरक्षण सहित सदुपयोग गर्न आग्रह गरे ।

रहमा इन्टरनशेनतल कुवेतका मुख्यदाता शेख वलिदले यस क्षेत्रका जनताको सहयोग गर्न पाउँदा खुशी लागेको वताउदै आगामी दिनमा थप मानवीय क्षेत्रका विकास र उत्थानमा थप सहयोग गर्ने दृढता समेत व्यक्त गरे ।

पूर्व मन्त्री एवम् संघीय सांसद शिवकुमार मण्डलले आफुले संसद विकास कोषवाट प्राप्त हुने रु ४ करोड स्थानीय जनताको छलफल एवम् सहमतीवाट नदी नियन्त्रण, आय आर्जन, शिपमुलुक तालीम आदिमा खर्च गरिने बताए । सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसनको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजकल्याण परिषदका उपाध्यक्ष निलहरि वराल, प्रदेश सदस्य ज्ञानेश्वर राजवंशी ,पूर्व राज्यमन्त्री जाकीर हुसेन लगायत गरीवीवाट पिल्सीएका जनताकोको जीवनस्तर माथि उठाइ आर्थिक समृद्धि कायम गर्नुपर्नेमा जोड दिएका थिए ।

धनपाल गाँउपालिका – ६ स्थित उक्त टोलमा अत्यन्त गरीवी पिछडिएका मुस्लिम तथा अन्य हिन्दू समुदायका लागि रु २ करोड २६ लाखमा ८० वटा घर निर्माण गरि आज हस्तान्तरण गरिएको हो ।

यस्तै सोही स्थानमा ८ कठृा जग्गामा स्वास्थ्य चौकी, विद्यालय, प्रार्थना स्थल(मस्जीद)को समेत निर्माण गरिएको छ। स्थानीय वासिन्दाको जग्गामा दुई कोठा भएको जस्तापाताले छाएको पक्की घर निर्माण गरिनुका साथै घरमा चापाकल र पक्की शौचालयको व्यवस्था गरिएको सोसाइटीका सदस्य अफजल हुसेन (गुल्जार)ले बताए । यस अघि उक्त संस्थाको सहयोगमा मोरङको सुनवर्षी गाउँपालिकामा ४० वटा घर निर्माण गरि हस्तान्तरण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर