AArya
RUMPUM
animated ellipse animated ellipse

लागूऔषध नाइट्रोसन सहित एक पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ मंसिर २०७३, मंगलवार १९:५५
3
Shares

मंसिर २१,सिरहा/ सिरहाको लहानबाट मंगलबार ६ सय ७० थान लागूऔषध नाइट्रोसन सहित एक पक्राउ भएको छ ।

लहान ४ मा रहेको बिनोद यादवको घरमा डेरा गरी बसेका सिरहा गाढा गाविस २ का २२ वर्षिय तलेश्वर यादवको कोठाबाट सो परिमाणको लागूऔषध बरामद भएको हो ।

आज बिहान यादवको दुई तले पक्की घरको तल्लो तला भाडा लिई बसेका तलेश्वरको कोठाबाट खानतलासीका क्रममा लागूऔषध नाइट्रोसन ट्याब्लेट बरामद भएको इलाका प्रहरी कार्यालय लहान जनाएको हो ।

यादवको कोठाबाट नगद बाइस हजार तीन सय पच्चीस नेपाली रुपैया तथा भारु एक सय पचास रुपैया र एक थान मोवाइल फोनसमेत बरामद भएकोले उनी लागूऔषध बिक्रि बितरणमा संलग्न हुन सक्ने अनुमान गरिएको छ।

बरामद लागूऔषधसहित तलेश्वरलाई इलाका प्रहरी कार्यालय लहानमा राखि राखि थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर