पूर्वाञ्चल खबर
आउँदो असार २ गते विराटनगरमा हुने उक्त प्रतियोगिताको फाइनलमा पुगेका ४४ जना प्रतियोगिहरुले आज ट्यालेन्ट शोमा आफ्नो प्रतिभा प्रस्तुत गरको हुन् ।
ट्यालेन्ट शोमा उनीहरुले नृत्य, गीत, अभिनयलगायतको विभिन्न विधामा आफ्नो प्रतिभा देखाएका थिए । टयालेन्ट शो उत्कृष्ट हुने मिस्टर एण्ड मिस ट्यालेन्ड एवार्ड प्राप्त गर्नेछन् । यस एवार्ड फाइनलमा दिन प्रदान गरिने आयोजकले जनाएको छ ।
मिसतर्फ २२ र मिस्टर तर्फ २२ जना प्रतियोगिहरु फाइनलमा पुगेको आयोजक समितिका निर्देशक जतिन तम्राकारले जानकारी दिए । यस अघि बन्द प्रशिक्षणमा उनीहरुलाई व्याक्तित्व विकास सम्बन्धी विभिन्न कार्यक्रमहरुमा सहभागि भइसकेको छन् ।