AArya
RUMPUM
animated ellipse animated ellipse

विपन्न मुहसर समुदायलाई सिंचाईमा सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ बैशाख २०७५, बुधबार १७:२८
3
Shares
विराटनगर / अति विपन्न ऋषिदेव (मुसहर) समुदायलाई लक्षित गरी मोरङको धनपालथान गाउँपालिका वडा नम्बर –१ म सञ्चालित सामुदायिक तथा सिंचाईं उप–परियोजना समदायमा हस्तान्तरण गरिएको छ ।

आज एक औपचारिक कार्यक्रमबीच नोचाको स्थानीय गढेरिया टोलमा निर्मित डिप बोरिङसहितको परियोजनालाई हस्तान्तरण गरियो ।

नारी विकास संघको समन्वयमा गरिबी निवारण कोषको ४ लाख ७४ हजार रुपैयाँ सहयोगमा डिपबोरिङसहित एकै टोलमा दुई स्थानमा पानीतान्ने पम्पसेट जडान गरिएको छ । कोषका इन्फा चिफ दिलमानसिंह बस्नेत, विश्व बैंकका कन्सलटेन्ट टासी छिरिङ, संघकी सचिव इश्वरी पौडेल, उपाधयक्ष शारदा खनालले संयुक्त रुपमा परियोजना हस्तान्तरण गरे ।

टोलमा रहेका २२ घर परिवार सदस्य रहेको दिनाभद्री सामुदायिक संस्थाको पहलमा ८ बिघा जग्गा भाडामा लिएर मुसहर समुदायले सामुदायिक खेती गर्न सुरु गरेपछि सिचाईका लागि दाताले यो सहयोग गरेका हुन् । बस्नेतले भने,‘पिछडिएको दलित समुदायको जीवनस्तर उकास्ने उद्देश्यले सहयोग गरिएको हो ।’ कार्यक्रममा वडाअध्यक्ष जनकलाल चौधरी, जग्गादाता कन्हैयालाल चौधरी, संस्थाका सदस्य झरिलाल ऋषिदेवलगायतले पिछडिएको समुदायलाई भएको सहयोग निकै प्रभावकारी बनेको चर्चा गरेका थिए ।

सिंचाई परियोजनाबाट टोलका एकसय ५० दलित लाभान्वित हुने संघकी कर्मचारी इन्द्रकला भट्टराईले बताइन । समुदायले बनाएको समुहमा मासिक वचत गर्ने र आवश्यक पर्दा गर्जोसमेत टार्ने गरेको स्थानीय सुमित्रा ऋषिदेवले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर