AArya
RUMPUM
animated ellipse animated ellipse

श्रीमतीसँग डराउथे सुन तस्करका नाइके गोरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०७५, बिहीबार १८:३१
3
Shares
विराटनगर/ सुन तस्करी प्रकरणमा मुख्य नाइके चुणामणी उप्रेतीलाई तस्करीमा सहयोग गर्नेहरु मध्येका एक हुन् रक्षा भण्डारी (आरबी) ।

भण्डारी भोजपुर दिङलाकी हुन् । उनी लामो समयदेखि काठमाण्डौमा बस्दै आएकी थिइन् । उनी चुणामणी उप्रेती गोरेको प्रमिका पनि हुन् । तर गोरेले रक्षा आफ्नी प्रेमिका हो भन्ने जानकारी नदिन उनकाे नाम नै परिवर्तन गरिदिएका थिए ।

श्रीमती नर्बदा खरेल उप्रेतीको डरले उनले गर्लफ्रेन्ड नाम नै परिवर्तन गरिदिएका हुन । उप्रेतीले हिसाब राखेको डायरीमा रक्षाको नाम आरबी मामा भनेर लेखिएको छ । गोरेले प्रहरीको नामका पछाडी मामा लेख्ने गरेका थिए । श्रीमतीले थाहा पाउने डरले उप्रेतीले गर्लफ्रेण्डकाे नाम आरबी मामा भनेर लेखेको अनुसन्धानमा संलग्न अधिकारीहरु बताउछन् ।

गोरेको कल डिटेल हेर्दा रक्षाकोसँगको सम्बन्ध खुलेको थियो । अनुसन्धान गर्दै जादा आरबी भनेर लेखिएको नाम रक्षाको भएको खुलेको हो । रक्षा अहिले पनि फरार छिन् । सो मुद्धामा २९ जना नियन्त्रणमा छन भने अन्य ३४ जना फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर