AArya
RUMPUM
animated ellipse animated ellipse

सुन प्रकरणका नाइके गोरेविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ बैशाख २०७५, शुक्रबार १६:१७
3
Shares
बिराटनगर/ प्रहरी अधिकारीकै मिलेमतोमा नेपालमा संगठित सुन तस्करीको र्‍याकेट चलाउँदै आएका गोरे भनिने चुडामणि उप्रेतीको नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ ।

प्रहरी स्रोतका अनुसार साढे ३३ केजी सुन प्रकरणका मुख्य अभियुक्त उप्रेती नेपाल बाहिर रहेको आंशकमा मोरङ प्रहरीको सिफारिसमा नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) नेपालले उनीविरुद्ध डिफ्यूजन नोटिस जारी गरेको हो ।

अब इन्टरपोलको सदस्य रहेका १ सय ९२ देशका प्रहरीले गोरेको खोजी गर्नेछन् ।

साढे ३३ केजी सुन तस्करी एवं उर्लाबारीका सनम शाक्यको हत्या योजनाकार उप्रेतीले नै महानगरीय अपराध अनुसन्धान महाशाखाका अधिकारीलाई घटना बारे जानकारी गराएका थिए । तर, टोली विराटनगर पुग्दा नपुग्दै उनी फरार भइसकेका थिए ।

महाशाखाका अधिकारीले ५ करोड रुपैयाँको डिलिङमा शाक्यको शव व्यवस्थापन गर्ने जिम्मेवारी लिएको आरोप लागेको छ ।

यद्यपि, महाशाखाका तत्कालिन प्रमुख दिवेश लोहोनीले भने त्यसलाई नकार्दै आएका छन् । उनले गोरेसँग मिले जस्तो गरेर उनलाई नै नियन्त्रणमा लिने योजना रहेको दाबी गर्दै आएका छन् ।

हरेक गतिविधि तत्कालिन महानिरीक्षक प्रकाश अर्याललाई जानकारी गराएरै भएको भन्दै तत्कालिन महाशाखा प्रमुख लोहोनीले सरकारद्वारा गठित छानबिन समिति समक्ष बयान दिएका छन् ।

सोही आधारमा अर्याललाई समेत समितिले शंकाको घेरामा राखेको छ । त्यसबीच केही प्रहरी अधिकारीकै सहयोगमा गोरेलाई भगाइएको आशंका गरिएको छ ।

यो प्रकरणमा गोरेसहित रमेश उप्रेती, नर्वदा खरेल उप्रेती (निरु), मोहनकुमार अग्रवाल (एमके), रक्षा भण्डारी, प्रयास पराजुली, रोहित आचार्य, कृष्ण बस्नेत, मोहमद उस्ताम मिया (रुस्तम), भविन राई (तामाङ), कमल कार्की, सन्दिप खड्का, चेतन भण्डारी, सुनिल अग्रवाल, प्रमोद श्रेष्ठ, डोलेन्द्रप्रसाद खरेल, दावा शेर्पा, भोजराज भण्डारी, दुर्गा खरेल (उप्रेती), भीमकुमारी खरेल, सुरेन्द्र गौतम लगायत फरार छन् ।

घटनामा संलग्न हालसम्म २७ जना पक्राउ परिसकेका छन् । २१ जना फरार छन् । ३८ जनाको सम्पत्ति रोक्का गरिएको छ । अनलाइनखबरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर