AArya
RUMPUM
animated ellipse animated ellipse

महानगरका मेयर पराजुली तीन विद्यार्थीको अभिभावक बने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ बैशाख २०७५, बिहीबार १७:०२
3
Shares
विराटनगर / विराटनगर महानगरका मेयर भीम पराजुलीले अभिभावकत्व ग्रहण गरेका छन् । हामी सवैको इच्छा अनिवार्य निशुल्क आधारभूत शिक्षा भन्ने नारा सहित विद्यालय भर्ना अभियानमा सरिक भएका हुन् ।

आज एक कार्यक्रमका वीच विराटनगर ११ स्थित जनपथ माविमा ३ जना विद्यार्थीलाई कक्षा ४, ६ र १० कक्षामा भर्ना गरी अभिभावकत्व ग्रहण गरेका हुन् ।

कार्यक्रममा मेयर पराजुलीले अभिभावकत्व ग्रहण गरेकाहरुलाई मात्र नभइ सवैको अभिभावक हुनेगरी शिक्षाको गुणस्तर विकासमा आफु लाग्ने वताए ।उक्त कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशासकिय अधिकृत प्रदिप निरौला ,नगर शिक्षा अधिकारी रुद्र दुलाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान थापा ,प्रध्यानाध्यापक हरिप्रसाद पराजुलीलगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर