RUMPUM
animated ellipse animated ellipse

रोकिएको वैज्ञानिक वन व्यवस्थापन सुचारु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ बैशाख २०७५, आईतवार २०:०६
3
Shares
विराटनगर / मोरङ र सुनसरीमा रोकिएको वैज्ञानिक वन व्यवस्थापनको काम शुचारु भएको छ ।

१ नं प्रदेशका मुख्य मन्त्री शेरधन राईको निर्देशनमा तत्काललाई राकिएको वैज्ञानिक वन व्यवस्थापनको काम पुन शुरु भएको हो ।

मुख्य मन्त्री राईले वन व्यवस्थापनको नाममा जथाभावि फडानी भएको उजुरी परेपछि अर्को निर्णय नभएसम्मका लागि तत्कालका लागि वन व्यवस्थापनका कुनै पनि काम नगर्ने आदेश दिएका थिए ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले आज आइतवार पत्रकार सम्मेलन गरी रोकिएको वन व्यवस्थापनको काम खुलेको जनाएको छ ।

मन्त्रालयमा सचिव किशोरचन्द्र गौतमले केन्द्र सरकारले वन व्यवस्थापनबारे लिखित पत्र पठाएर सुचारु गर्न भनेको जानकारी दिए ।

वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन विभागले वैज्ञानि वन व्यवस्थापन रोकिनुको कारणबारे प्रतिवेदन सार्वजनिक गर्र्दै काम सुचारु गर्न क्षेत्रीय वन निर्देशनालयलाई पत्र लेखेपछि मुख्यमन्त्रीको कार्यालयले पनि काम सुचारु गर्न अनुमति दिएको हो ।

वन विभागले मोरङ र सुनसरीमा भइरहेको वन व्वस्थापनको कामको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयका सहसचिव गेहेन्द्र केशरी उपाध्यायको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदन पनि सार्वजनिक गरेको छ ।

प्रतिवेदनमा वैज्ञानिक वन व्यस्थापनको काम रोक्नु पर्ने कुनै कारण नदेखिएको उल्लेख छ ।प्रतिवेदनमा उजुरी परेको जस्तो वन व्यवस्थापनको नाममा अनियमितता भएको वा जथाभावि फडानी भएको नपाइएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर