AArya
RUMPUM
animated ellipse animated ellipse

विराट क्याम्पसको अध्यक्षमा प्रा.डा अधिकारी र क्याम्पस प्रमुखमा कोईराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ चैत्र २०७४, बिहीबार १७:३४
3
Shares
विराटनगर, २९ चैत्र /गुणात्मक शिक्षादिने हेतुले वि. सं. २०४८ सालमा स्थापना भएको विराट क्याम्पसको आज भएको विशेष साधारण सभाले विराट क्याम्पसको संरक्षण, सम्वर्धन तथा शैक्षिक विकासका लागि प्रा.डा.देवेन्द्र अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।

नयाँ कार्य समीतीमा क्रमशःप्रा.डा. खगेन्द्र आचार्य, प्रा.डा.प्रदिपराज प्रधान, प्रा.डा.दामोदर थापा, प्रा.डा. नागेन्द्रप्रसाद साह, डा.राजुराम थापा, डा.रामप्रसाद कोइराला, भुराज राई, महेन्द्र सिटौला, देवेश प्रधान र आर.सी.कोइराला समेत एघार सदस्य रहेका छन् । क्याम्पसको क्याम्पस प्रमुखमा आर.सी. कोइरालालाई साधारण सभाले चयन गरेको छ ।
नेपालको पूर्व क्षेत्रकै शैक्षिक धरोहरको रुपमा रहेको यस क्याम्पसले २५ वर्ष पूरा गरेको अवशरमा शिक्षा क्षेत्रमा अनवरत लागी रहेएका १३्र जना प्राध्यापक तथा शिक्षासेविलाई नयाँ सदस्यको रुपमा प्रवेश गराएको छ ।

स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षाप्रति प्रतिबद्ध यो क्याम्पस गुठीको रुपमा संचालन हुँदै आएकोमा शैक्षिक सत्र २०५९÷०६० देखि मुनाफा वितरण नगर्ने कम्पनिको रुपमा कम्पनि रजिस्ट्रार कार्यालयमा दर्ता भई संचालित छ ।

विराट क्याम्पस अन्तर्गत हाल स्कूल अफ म्यानेजमेन्ट स्टडिजद्वारा स्नातकतहका बि.बि.एस र बि.एड एवं स्कुलअफ साइन्स एण्ड टेक्नोलोजीअन्तर्गत फिजिक्स, केमेस्ट्री, वोटनी, जुलोजी, म्याथ र वातावरण विज्ञानका कार्यक्रमहरु संचालित छन् । त्यसैगरी कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा संकाय संचालनमा छ भने सी.टी.ई.भी.टी. अन्तर्गतका डिप्लोमा इन सिभिल इन्जीनियरीङ र डिप्लोमा इन कम्प्युटर इन्जीनियरीङको सम्भाव्यता अध्ययन पूरा भइसकेको र सम्वन्धनको प्रकृयामा छ ।

कार्यक्रममा स्थापनाकाल देखिको इतिहास स्मरण गर्दै यो संस्था प्रदेश नं. १ को शैक्षिक गहना भएको संस्थापक सदस्यप्रा.डा. खगेन्द्र आचार्यले उल्लेख गरे । हाल यस क्याम्पसको नाममा १६ कठ्ठाजमीन, २ तलाको ३२ कोठाको पक्की भवन, यथेस्टउपकरण सहितको सुविधा सम्पन्न विज्ञान प्रयोगशाला तथा लाईव्रेरी रहेका छन् । निजि क्षेत्रवाट सञ्चालित सम्पूर्ण पूर्वाधारयुक्त विराट क्याम्पसकोे शैक्षिक उत्थानकालागि अबको संघीय संरचनामा विशेष भुमिका रहने अध्यक्ष प्रा.डा. अधिकारीले बताए ।

वर्तमान आधुनिक विश्वमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न अन्य थप शैक्षिक कार्यक्रमहरु समेत क्याम्पसमा सञ्चालन गरी क्याम्पसलाई नेपालको पूर्व क्षेत्रकोे नमूना शैक्षिक संस्थाको रुपमा विकास गर्ने योजना रहेको क्याम्पस प्रमुख कोइरालाले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर