AArya
RUMPUM
animated ellipse animated ellipse

विभागिय टोली आर्मी विराट गोल्डकपको उपाधी नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ चैत्र २०७४, शुक्रबार २२:१३
3
Shares
सामाजिक विकाश मन्त्री जिवन घिमिरेबाट म्यान अफ म्याचको पुरस्कार लिँदै आर्मीका कप्तान भरत खवास
पुष्पराज थपलिया
विराटनगर, २३ चैत/ विभागिय टोली नेपाल आर्मी क्लव पाँचौ विराट गोल्डकपको उपाधी नजिक पुगेको छ । उसले आज राती भएको पहिलो सेमिफाइनल खेलमा रमपम झापा ११ लाई १–० गोल अन्तरले पराजित गर्दै स्तब्ध पार्दै आर्मी उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले आगामी सोमबार संकटा क्लब र थ्रीस्टारबीचको विजेतासंग फाइनल प्रतिष्पर्धा गगर्ने छ ।

आर्मीको जीतकालागि बिमल पाण्डे नायक बनेका थिए । ६८ औ मिनेटमा आर्मीका क्याप्टेन भरत खवासको कर्नर प्रहारलाई सदुपयोग गर्दै पाण्डेले गोल गरेका हुन् । पाण्डेको गोलनै अन्तिममा निर्णायक सावित भयो ।
जीतस“गै आर्मीले २०७१ सालमा भएको तेस्रो गोल्डकपमा झापा ११ स“ग भोगेको पराजयको बदलापनि लिएको छ ।

विराट गोल्डकपको तेस्रो संस्करणमा आर्मीलाई झापा ११ ले २–१ को गोल अन्तरले पराजित गरेको थियो । विपक्षीको तुलनामा उत्कृष्ट प्रद्धर्शन गरे पनि तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको झापा सिजनमा आर्मीसंग तेस्रो हार बेहोर्न बाध्य भयो । झापाले यस अघि घरेलु मैदानमा आर्मीसंग तेस्रो झापा गोल्डकपको फाइनलमा सडन डेथमा १०–९ गोल अन्तरले पराजय बेहोरेको थियो । त्यस्तै सताक्षी गोल्डकपमा पनि सेमिफाइनलमा ३–० गोल अन्तरले आर्मीसंग झापा पछि परेको थियो ।

खेलमा आर्मी माथी हाबी भएको झापाले गोल गर्ने अवसर बारम्बार पाएपनि सदुपयोग गर्न नसक्दा सेमीफाइनबाटै घर फर्किन बाध्य भयो । खेल सुरु भएको नौ मिनेटमा झापाका विश्वास श्रेष्ठले डिबक्स भित्रबाट गरेको प्रहार आर्मीका गोल रक्षक विकेस कुथुले रोकेका थिए । पहिलो हाफको ३४ औ मिनेटमा झापाका माइकलले डिबक्स भित्रबाट हानेको प्रहार बाहिरिएको थियो । दोस्रो हाफको ११ मिनेट झापाकालागि माइकलले गरेको प्रहार आर्मीका गोल रक्षक कुथुले रोकेका थिए ।

झापालाई जित निकाल्नका लागि उत्कृष्ट डिफेन्स दिलेन लोक्तामको अभाव खड्कियो । मोरङसंगको खेलमा चोटग्रस्त भएपछि लोक्ताम आज मैदान प्रवेश गर्न सकेनन् । गोल गर्नका लागि पाएका आठवटा सुन्दर अवसरको सुदपयोग गर्न नसक्दा झापा विराट गोल्डकप आयोजकले प्रदान गरेको ७५ हजार रुपैयाँ म्याच मनी बोकेर घर फर्कन बाध्य भयो । बारम्बार पोष्ट एट्याक गरिरहे पनि फिनिसिङ कमजोर हुँदा झापाले विपक्षी बार भत्काउन नसक्नु मुख्य कारण रहयो ।

झापाको तुलनामा आर्मीले गोल गर्नका लागि तीनवटा मात्र अवसर पाएको थियो । आर्मीले पहिलो हाफमा २३ औं मिनेटमा एउटा मात्रै अवसर पाएको थियो । टंक बस्नेतको हेड प्रहारले पोष्ट नदेखे पनि आर्मीले विपक्षीलाई भने नियन्त्रणमा राख्न सक्यो । अन्तिम समयमा स्टार खेलाडी नवयुग श्रेष्ठको प्रहार झापाका गोरक्षक चेम्जोङ बाधक बन्दा आर्मीले दोस्रो गोल थप्न सकेन ।

झापाका प्रशिक्षक प्रवेश कटवालले गोल गर्नका लागि पाएका राम्रा अवसरमा खेलाडी चुक्दा आर्मीसंग सिजनमा तेस्रो हार बेहोर्नु परेको प्रतिक्रिया दिए । उनले रेफ्रीको गलत निर्णय पनि हारको मुख्य कारण बनेको बताए । ‘थ्रो दिनु पर्ने बललाई रेफ्रीले कर्नर प्रहारको मौका दिए,’ कटवालले भने, ‘त्यही कर्नर हाम्रा लागि अभिसाफ बन्यो ।’ आर्मीका प्रशिक्षक नविन न्यौपानेले झापाका विदेशी खेलाडीलाई विशेष ‘मार्किङ’ गर्ने रणनीति सफल हुँदा जित हात परेको बताए । ‘खेलाडी ‘मार्किङ’ सवालमा हाम्रो रणनीति सफल भयो,’ उनले भने, ‘खेलाडीले ड्युटी पूरा गर्दै उत्कृष्ट लय समाउँदा नतिजा हाम्रो पक्षमा आयो ।’

खेलको म्यान अफ दी म्याच घोषित भएका आर्मीका कप्तान भरत खवासले १० हजार नगद सामाजिक विकाश मन्त्री जिवन घिमिरेले पुरस्कार दिए । शनिबारको दोस्रो सेमिफाइनल खेलमा संकटा क्लब र थ्रीस्टारबीच प्रतिष्पर्धा हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर