पूर्वाञ्चल खबर
स्कूलको प्राङ्गमा आयोजित पुरस्कार वितरण कार्यक्रममा स्कूलको आन्तरीक खेलकुदमा उत्कृष्ट हुने कक्षा नसरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले पुरस्कृत गरिएको स्कूलका प्रिन्सीपल विनोद अधिकारीले जानकारी दिए । धरे विद्यार्थीहरुलाई पुरस्कृत गर्नु पर्ने भएकोले पुरस्कार वितरणको कार्यक्रम तीन दिनसम्म गरिएको प्रिन्सीपल अधिकारीले बताए । खेलकूद कार्यक्रममा माघमा १५ दिन लगाएर सम्पन्न भएको स्कूलले जनाएको छ ।
खेलकुद कार्यक्रममा वेलुन रेस, चकलेट रेस, ब्यालेन्स रेस, एक सय मिटर दौड, चित्रकला, हाजिरी जवाफ, वकृत्वकला, नृत्य, गायन प्रीतयोगिता, हाईजम्प, लङ जम्प र टेबल टेनिसलगायतका खेलहरु समावेश गरिएको थियो । टेवल टेनिसमा छात्रतर्फ रिदम बस्नेत तथा छात्रातर्फ रेसिका बुढाथोकी उत्कृष्ट भएका थिए ।सोही अवसरमा कक्षागत रुपमा स्कूलका अनुसाशित विद्यार्थीहरु कक्षा छ का आदर्श चौधरी र श्रृष्टी मेहता कक्षा ७ का पसन्न चौलागाई र अप्सरा चौधरी तथा कक्षा ८ का दिपक यादव र प्रीजता साहलाई समेत पुरस्कृत गरिएको छ ।
पुरस्कृत हुनेहरुलाई स्कूल व्यवस्थापन समितिका सस्थापक अध्यक्ष बासुदेव न्यौपाने, प्रिन्सीपल विनोद अधिकारी , निर्देशक त्रिलोचन गौतम तथा स्कूलका शिक्षकहरुले पुरस्कार गरेका थिए ।