१६मंसिर,सप्तरी/ सप्तरीमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध कोरेक्ससहित दुई जनालाई पक्राउ गरेको छ ।
चार सय बोतल लागूऔषध कोरेक्ससहित हनुमानगर योगिनीमाई–४ का सिताराम चौधरी र जगदिस सदालाई पक्राउ परेको प्रहरीले जनाएके छ । उनीहरु भारतीय बजारबाट कोरेक्स बोकेर आउदै गरेको अवस्थामा पक्राउ परेको हो ।
उनीहरुलाई बुधबार राती पौने नौ बजे इलाका प्रहरी कार्यालय हनुमानगरबाट खटिएको टोलीले हनुमाननगर योगिनीमाई नगरपालिका ८ मा रोकेर चेकजाँच गर्दा लागूऔषध बरामद भएको थियो।
दुबैलाई बिहिबार लागूऔषध ओसार पसार अन्तरगत मुद्दा दर्ता गरी कारवाही शुरु गरिएको को जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता इलाका प्रहरी कार्यालय महुली सप्तरीको टोलीले बिहिबार बिहान बकवा २ स्थित बिभिन्न व्यक्तिहरुको करेसाबारीमा उम्रिएको ७५ बोट गाँजा नष्ट गरेका छन्।