RUMPUM
animated ellipse animated ellipse

मोफसलमा ‘हाम्रो जी.एफ.’ को छायांकन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ माघ २०७४, सोमबार २०:११
3
Shares
क्रेजी इन्टरटेमेन्टको व्यानरमा निर्माण भइरहेको छोटो नेपाली कथानक चलचित्र ‘हाम्रो जी.एफ.’को छायांकन भर्खरै पूरा भएको छ । हाल टिनएजमा देखिएको सोसल मिडियाको क्रेज र आधुनिकतामा रमाउने युवा युवतीहरुको मायालाई यस सर्ट मुभिमा उतार्न खोजिएको छ ।
क्रेजी इन्टरटेमेन्टले मोफसलमा दर्जन बढी म्यूजिक भिडियोहरु निर्माण पछि पहिलो पटक यो छोटो चलचित्र निर्माण गर्दै गरेको हो । यस चलचित्रको कथा सन्तोष राई (छत्र), क्यामेरा भूपेन्द्र तुम्वाहाम्फे र निर्देशन सञ्चारकर्मी सन्तोष राईले गरेका हुन् । यस चलचित्रमा सन्तोष राई (छत्र), निशा इम्बुङ, हिमाल राई, करण धिताल, पेम्बा सेर्पा, नरेन राई र दिपेन घलेले अभिनय गरेका छन् ।
झापा र मोरङको विभिन्न स्थानमा छायांकन गरिएको यस छोटो चलचित्र नव वर्ष अघि नै युट्युव मार्फत् सार्वजानिक गरिने निर्देशक सन्तोष राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर