AArya
RUMPUM
animated ellipse animated ellipse

आइपिएलको पहिलो दिन क्रिस गेल र जोए रुटलाई कुनै टिमले किनेन्

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७४, शनिबार १८:००
3
Shares
काठमाडौं, १३ माघ / इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को ११औँ संस्करणको लिलामी आजदेखि सुरु भएको छ ।

आज भएको सुरुवाती चरणको लिलामीमा वेष्टइण्डिजका आक्रामक ब्याट्सम्यान क्रिस गेललाई कुनै पनि टिमले किनेन । इंग्ल्याण्डका बेन स्टोक भने सबैभन्दा महंगो मुल्यमा विक्री भएका छन् । पहिलो दिन गेल तथा पहिलो पटक अक्सनमा सहभागि इंग्लिस कप्तान जोए रुट लिलामीमा पर्न असफल भएका छन् ।

स्टोक्सलाई भने राजस्थान रोयल्सले १२ करोड ३० लाख भारुमा खरिद गरेको छ । त्यस्तै, भारतीय खेलाडि मुरली विजय र इशान्त शर्मा पनि पहिलो दिन खरिद हुन असफल रहेका छन् । पहिलो दिन आशा गरिएका खेलाडीहरु गेलको बेस प्राइज २ करोड राखिएको छ भने इंग्लिस कप्तान रुटको बेस प्राइज १ करोड ५० लाख तोकिएको छ । तुलनात्मक रुपमा सस्तो मूल्य राखिए पनि कुनै पनि टिमले पहिलो दिन आँखा लगाएनन् । गेलले अहिलेसम्म आइपिएलमा १ सय १ खेल खेलेका छन् । उनले ४१ भन्दा बढीको औसत तथा १ सय ५१ को स्ट्राइक रेटमा ३६ सय २६ रन बनाएका छन् । गेलले आइपिएलमा ५ शतक र २१ अर्धशतक प्रहार गरेका छन् ।

जोए रुटका लागि भने यो पहिलो आइपिएल हो । उनले इंग्ल्यान्डका लागि २५ ट्वान्टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेलेका छन् । त्यस्तै, अक्सनमा भारतीय खेलाडी गौतम गम्भीर र युवराज सिंहलाई दिल्ली डेयरडेभिल्सले किनेको छ । युवराजलाई दुई करोड र गौतमलाई २ करोड ८० लाखमा किनिएको छ । शिखर धवनलाई राइट टु म्याच अनुसार सनराइजर्स हैदरावादले किनेको छ भने रविचन्द्रन आश्विन किंग्स इलेभेन पञ्जाबमा गएका छन् । शिखर धवनलाई सुरुमा किंग्स इलाभेन पञ्जावले ५ करोड २० लाखमा किनेकोमा सनराइजर्सले आफ्नो पालोमा राइट टु म्याच कार्डको अधिकार प्रयोग गर्दै शिखरलाई किनेको थियो ।

रविचन्द्रन आश्विनलाई पञ्जाबले ७ करोड ६० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ । अजिक्या रहाणेलाई राइट टु म्याचअन्तर्गत राजस्थान रोयल्सले फेरि आफ्नो टिममा लिएको छ । उनलाई किंग्स इलाभेन पञ्जाबले ४ करोडमा किनेकोमा पछि राजस्थानले उनलाई आफ्नो टोलीमा लिएको थियो । शनिबार र आइतबार गरी दुई दिनसम्म चल्ने लिलामीमा भारतीयसहित विश्वभरका ५ सय ७८ खेलाडीमाथि बोली लगाइनेछ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर