पूर्वाञ्चल खबर
मोरङको बेलबारीमा आयोजित एक कार्यक्रमका अवसरमा संघका अध्यक्षमा बाबुराम कट्टेल निर्विरोध निर्वाचित भएकाछन् । निर्वाचित भएका अध्यक्ष कट्टेलले मोरङमा भएका यातायात मजदुरहरुलाई सक्रिय बनाए अघि बढ्ने बताए । विराटनगरका कट्टेलले यातायातमा खटिने मजदुरको हक अधिकारका लागि आफु लागि पर्नेमा जोड दिए ।
अध्यक्षमा निर्वाचित कट्टेलले, नयाँ अटो रिक्साको सन्दर्भमा नयाँ लाइसेन्सका लागि आवेदन खुला नगरेकोमा गुनासो गरे । उनीसंगै नयाँ कार्यसमितिको उपाध्यक्षद्धयमा शिवराज जमरकट्टेल र अमित श्रेष्ठ निर्वाचित भए ।
त्यसैगरि, विराटनगरका समन श्रेष्ठ सचिव भए । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष अजयकुमार राई, प्रदेश नम्बर एकका सभाषद् केदार कार्की, नेपाल टे«ड यूनियन कांग्रेसका प्रदेश नम्बर एक प्रमुख नारायणबाबु कार्कीलगायतको उपस्थिती रहेको थियो। यसअघि संघमा जिल्ला बक्सिङ संघका पूर्वअध्यक्ष रामबाबु पासवनले दुई कार्यकालको जिम्मेवारी वहन गरेका थिए ।