AArya
RUMPUM
animated ellipse animated ellipse

राष्ट्रपति भण्डारी बेलवारी आउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७४, बिहीबार २०:४१
3
Shares
बिराटनगर, ४ माघ / राष्ट्रपति विद्यादेवि भण्डारी आफुले अध्यापन गराएको विद्यालयको स्वर्ण महोत्सव समारोहको उदघाटन गर्न आउने भएकी छिन् ।

बेलवारी नगरपालिका वडा न १ मा रहेको श्री जनता आधारभुत प्रथमिक बिधालय स्थापना भएको ५० औं वर्ष पुरा भएको उपलक्ष्यमा शनिवार “स्वर्ण महोत्सव समारोहको” उदघाटन गनै आउने भएकी हुन् ।

बिधालय “स्वर्ण महोत्सव समारोह २०७४” समारोह समिति प्रभार प्रसार उप समितिले आज बिराटनगरमा पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारी आउँने जानकारी गराएका हुन् ।

सोहि दिन राष्ट्रपति भण्डारीलाई बेलवारी नगरपालिकाले अभिनन्दन गर्ने आयोजक समितिका सदस्य भीम बस्नेतले जानकारी गराए ।

२०२४ साल माघ २० गते जनता प्राथमिक बिधालयको नामबाट स्थापना भएको यो बिधालयमा कुनै समय राष्ट्रपति भण्डारी अध्यापन राएकी थिइन् ।

“स्वर्ण महोत्सव समारोह”बिधालयले माघ ६ गते देखि लगातार १७ गते सम्म बिभिन्न कायक्र गर्ने र १८ गते नयाँ भवनको उदघाटन गरेर कार्यक्रम समापन गर्ने विद्यालयले जनाएको छ ।

हाल जनता प्रा बि मा १ सय ५० बिधार्थीहरुले अध्यापन गरिरहेका छन भने ६ शिक्षक ५ शिक्षिका अध्यापन गराईउँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर