RUMPUM
animated ellipse animated ellipse

बालबालिकालाई हातेमालोको राहत

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७४, बिहीबार १९:१८
3
Shares
विराटनगर, ४ माघ / काठमाडौंमा केन्द्रीय कार्यालय रहेको एकीकृत हातेमालो समाज नेपालले आज मोरङको बाहुनीका बालबालिकाहरुलाई न्यानो कपडा र विद्यालय पोशाक हस्तान्तरण गरेको छ ।

बाहुनी बजारमा आज आयोजित कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष डिल्लीराम गिरी र वडाअध्यक्ष तेजप्रसाद बस्नेत, प्रेस युनियन मोरङका अध्यक्ष मीनकुमार नवोदितलगायतले बालबालिकालाई ज्याकेट र विद्यालय पोशाक हस्तान्तरण गरेका हुन् । सो क्रममा १ सय ५० जनालाई ज्याकेट, २० जनालाई विद्यालय पोशाक र ८० जना विपन्न परिवारलाई ब्यालंकेट वितरण गरिएको थियो ।

समाजले हरेक वर्ष सो क्षेत्रका २ सय बालबालिकालाई छात्रवृद्धि प्रदान गर्दै आएको छ । न्यस्तै ज्येष्ठ नागरिक सेवा भनवनसमेत सञ्चालनमा ल्याएको अध्यक्ष गिरीले जानकारी दिए । जाडोका कारण सबैभन्दा बढी बालबालिका र वृद्धवृद्धा प्रभावित भएकाले ज्याकेट र ब्यालंकेट वितरण गरिएको उनले बताए ।

बालबालिका, वृद्धवृद्धा, एकल महिलालगायतका क्षेत्रमा हातमालो समाजले काम गर्दै आएको समाजका उपाध्यक्ष प्रेमचन्द्र गिरीले जानकारी दिए । विद्यालयले गरेको सिफारिसका आधारमा आर्थिक रुपमा विपन्न बालबालिकालाई राहत स्वरुप न्यानो कपडा र पोशाक वितरण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर