AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

समाजसेवी सुन्दरले बिद्यालयलाई मञ्च हस्तान्तरण गर्र्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ पुष २०७४, बुधबार १७:४६
3
Shares
उर्लाबारी, १९  पुस  / उर्लाबारी ९ स्थित प्रभात निमाबिमा समाजसेवी सुन्दर श्रेष्ठले निर्माण गरिएको मञ्च हस्तान्तरण गर्ने भएका थिए ।

श्रेष्ठले शुक्रवार स्कूलमा एक कार्यक्रमको आयोजना गरिे बुवा इन्दनारायाण श्रेष्ठको स्मृतिमा मञ्च निर्माण गरी स्कूललाई हस्तान्तर गर्न लागेका हुन् । गरिे । यसअघि उनले बिद्यालय घेराबारा गरी नगद ५० हजार सहित रंगरोगन तथा बृक्षारोपण गरिदिएका थिए ।

उर्लाबारीका मेयर खड्ग फागोको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा बिद्यालयलाई सहयोग गर्न ुहुने श्रेष्ठ सहित बिभिन्न दाताहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । सोहि अबसरमा सोहि बिद्यालयमा अध्ययन गरी राष्ट्रिय स्तर ख्याति कमाउन सफल गायक डम्बर नेपालीलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको छ ।

कार्यक्रममा स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने स्कूलले जनाएके छ ।

को हुन सुन्दर ?
घरमा हातमुख जोर्न धौधौ परेपछि ०४९ सालमा किशोर अवस्थामै काठमाडौं हानिएका थिए । खोपीडाँडामा जन्मे हुर्केर काठमाडौंमा ठेक्कापट्टा र हाउजिङ व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका छन् ।

सुरुमा काठमाडौं पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रमिक लिएर ज्याला मजदुरी सुरु गरे । निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो । हाल उनी ठेक्कापट्टा र हाउजिङ व्यवसायमा संलग्न छन् । सुन्दर भन्छन्, ‘म अझै आफूलाई एउटा लेबर हुँ भन्न रुचाउँछु ।’

सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्ने हुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो । तीन दाजुभाइमध्ये कान्छा उनी पढाइमा असफल भएपछि एसएलसी दिएर काठमाडौं हानिएका थिए ।

उनले सुरुमा आफ्नो कमाइले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए । त्यसपछि उनले भक्तपुर र खोपीडाँडाको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाए ।

ठेक्कापट्टा र हाउजिङ व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशील छन् । गाउँको विकासमा उनको चिन्ता रहने गर्छ । ‘हाम्रा सन्ततिले हामी भन्दा दुःख नपाउन’ उनी भन्छन् । श्रेष्ठले समाजमा गरेको आर्थिक सहयोग प्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिता पनि खुसी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर