पूर्वाञ्चल खबर
उच्च मावि परिसरमा आज एक कार्यक्रम आयोजना गरी विविद्य प्रतिभाहरु समावेश गरीएको कार्यक्रमको सुरु गरेको हो ।
मोरङको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रदेश सभामा निर्वाचित भएका सांसद लिलाबल्भव अधिकारीले उद्घाटन गरी कार्यक्रम सुरु भएको थियो ।
सुरु भएको कार्यक्रममा मोर्डन एरा सिंगीन स्टार, मोर्डन एरा डान्सिङ्ग स्टार, मिस एण्ड मिस्टर मोर्डन एरा, आर्ट अफ मोर्डन एराको छनौट चरणहरु सुरु भएको उच्च माविका संस्थापक कार्यकारी निर्देशक इन्द्र राईले जानकारी दिए ।
विद्यार्थीहरुमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरीएको उक्त प्रतियोगितामा ४ वटा छनौट चरणबाट छनौट भएका प्रतियोगिहरु फाइनलमा प्रवेश गर्नेछन्। प्रत्येक विधाबाट प्रतियोगिहरु फाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा ६ सय जना विद्यार्थीहरुले भाग लिनेछन् ।
प्रतियोगिताको निर्णायकहरुमा नृत्यमा मनोज राजवंशी, सिंगीनमा गायक सुमन श्रेष्ठ र दिपेन थापा, मोडलिङ्गमा इश्वर बासकोटा, अम्बिका श्रेष्ठ र आर्ट अफ मोर्डन एरामा प्रकाश झा र स्मारिका ढकाल रहेका छन् ।
प्रतियोगिताको उद्घाटन शत्रमा सांसद लिलाबल्भव अधिकारी, स्कूलका सञ्चालक गोपाल कटुवाल, गणेश अधिकारी, उच्च माविका अध्यक्ष रामकुमार श्रेष्ठ, प्रिन्सिपल राम घिमिरे, निर्देशक गोविन्द निरौला, ठाकुुर भण्डारीलगायतले बोलेका थिए ।
सोही अवसरमा सांसद अधिकारीलाई उच्च माविले सम्मान गरेको थियो । उच्च माविका सञ्चालक समेत रहेका घिमेरेलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।