AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका क्लिनिकहरुमा अनुगमन,२५ वटा क्लिनिक बन्द

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ मंसिर २०७३, बिहीबार १८:३८
3
Shares
२ मंसिर,विराटनगर/ स्वास्थ्य मन्त्रालयको मन्त्रालय स्तरीय अनुगमन टोलीले आज पनि विराटनगरका क्लिनिकहरुको अनुगमन गरेको छ ।clinik=अनुगमनको क्रममा नियम विपरीत सञ्चालन भएको भेटिएपछि क्लिनिकहरु बन्द गराएको हो । टोलीले कोशी क्लिनिक, प्रभात क्लिनिक, सिफा क्लिनिक डाइग्नोष्टिक सेन्टर, द फिजियो केयर, पवित्र मेडिकल हल, न्यु भिम डेन्टल हाउस, फ्याक्टर क्लिनिक, रेमश मिश्रको क्लिनिक, डाक्टर डिपी रिजाल तथा कोशी अञ्च अस्पतालका मेडिकल सुपरिटेण्डेन्टको बोर्ड देखिएको क्लिनिक पनि सिलबन्दी भएको छ ।
जगदम्बा क्लिनिक ल्याब र हेल्पाइन फार्मेसी होम पनि बन्द गराइएको अनुगमन समितिले जनाएको छ । टोलीले सुनसरी ल्याव क्लिनिकलाई ७ दिनभित्र कागजातसहित उपस्थित हुन समेत निर्देशन दिएको छ । अनुगमनको क्रममा पुगेको टोली देखेर विराटनगरका केही क्लिनिक सञ्चालक तथा औषधी पसलहरु बन्द भएका छन् ।
अनुगमन टोलीले छापा मार्ने डरले केही क्लिनिक तथा औषधी पसलहरु बन्द भएको साहले जानकारी दिए । अधिकांश क्लिनिकमा ताला लगाएर त्यसमा लाहासहित सिलबन्दी गरिएको छ । नियम अटेर गरेको पाइए कडा कारबाही गरिने जनस्वास्थ्य अधिकृत शिवनारायण यादवको भनाई छ ।
टोलीले विराटनगरका औषधी पसल तथा क्लिनिकको हिजोदेखि नै अनुगमन सुरु गरेको हो । दुई सय भन्दा बढी क्लिनिक बिना दर्ता सञ्चालन भएको समाचार प्रकाशन भएपछि मन्त्रालयले यादवको संयोजकत्वमा अनुगमन समिति बनाएको हो । टोलीले अनुगमन गरि रहेको भएपनि यसले निरन्तरता पाउनु पर्ने आम नागरिकको भनाई छ ।
अनुगमन टोलीले विराटनगरमा सञ्चालनमा रहेको २५ वटा क्लिनिक बन्द गराउनुका साथै श्री अस्पताल प्रालिको कागजात नपुगेपछि कार्यालयमा कागजातसहित उपस्थित हुन भनिएको छ । उपस्थित नभए बन्द गर्ने चेतावनी अनुगमन समितिले दिएको छ । अनुगमन समितिका संयोजक तथा जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य अधिकृत शिवनारायण यादवले बिना ईजाजत सञ्चालनमा रहेको पाइएपछि क्लिनिकहरु बन्द गराइएको जानकारी दिए । हिजो र आज गरी २५ वटा क्लिनिक बन्द गराएको अनुगमन टोलीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर