RUMPUM
animated ellipse animated ellipse

पूर्वी नेपालको सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

८ मंसिर २०८३, मंगलवार ०८:१२
3
Shares
विराटनगर / पूर्वी नेपालको सीमा क्षेत्रमा भूकम्प गएको छ । आज बिहान ७ बजेर १७ मिनेट जाँदा ५.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार भूकम्पको केन्द्रबिन्दु कोशी प्रदेशको लेलेपबाट करिब ९ किलोमिटर टाढा रहेको छ। भूकम्पको धक्का विराटनगरसहित देशका विभिन्न स्थानमा महसुस गरिएको थियो।

अचानक घर तथा भवन हल्लिएपछि सर्वसाधारण त्रसित भएका थिए। भूकम्पको धक्का पाँच नेपालसहित भारत, बंगलादेश, भुटान र चीनसम्म महसुस देशसम्म महसुस भएको विवरण सार्वजनिक भए पनि यसको म्याग्निच्युड, केन्द्रबिन्दु र प्रभावित क्षेत्रबारे आधिकारिक निकायबाट पुष्टि हुन बाँकी छ।

भूकम्पबाट भएको सम्भावित क्षति तथा अन्य विवरणसमेत प्राप्त हुन सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर