AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको शिक्षादीप कलेजले गरयो ११ सय ४२ विद्यार्थीलाई दीक्षित, विद्यार्थीलाई दिए सफलताको शुभकामना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ चैत्र २०८२, सोमबार १५:५३
90
Shares
विराटनगर/ गुणस्तरीय शिक्षाका लागि स्थापित विराटनगरस्थित शिक्षादीप कलेजले कक्षा १२ मा अध्ययनरत १ हजार १ सय ४२ जना विद्यार्थीहरूलाई विदाई गरेको छ ।

आज आयोजित एक विशेष समारोहका बीच कलेजले विज्ञान र व्यवस्थापन संकायका विद्यार्थीहरूलाई विदाई गरेको हो ।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काका अनुसार यस वर्ष विज्ञान संकायका ८८२ जना र व्यवस्थापन संकायका २६० जना विद्यार्थीहरूलाई उनीहरूको उज्ज्वल भविष्यको कामना गर्दै सफलताको शुभकामनासहित विदाई गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले विद्यार्थीहरूलाई सीप र संस्कारसहितको शिक्षा आवश्यक रहेकोमा जोड दिए । उनले केवल किताबी ज्ञानमा मात्र सीमित नभई व्यावहारिक र नैतिक शिक्षा लिएर अगाडि बढ्न विद्यार्थीहरूलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै प्रिन्सिपल ज्ञानबहादुर खड्काले शिक्षादीप कलेजले विद्यार्थीहरूलाई प्रविधियुक्त र समयसापेक्ष शिक्षा प्रदान गर्दै आएको बताए । उनले दक्ष जनशक्ति उत्पादन गरेर मुलुकको विकासमा योगदान पुर्‍याउनु कलेजको मुख्य लक्ष्य रहेको उल्लेख गरे ।

बिदाइ कार्यक्रममा कक्षा १२ मा अध्ययनरत ७ जना विद्यार्थीहरू प्रगति अधिकारी, रितिक्षा भट्टराई, समीर डोटेल, सम्राज्ञी बस्नेत, सरगम लोहार, शिरिन भट्टराई र शुभम यादवले आफ्नो अनुभव सुनाएका थिए । उनीहरूले शिक्षादीप कलेजको भयरहित वातावरण र शिक्षकहरूको मिहिनेतका कारण आफूहरूले उत्कृष्ट शिक्षा प्राप्त गरेको भन्दै कलेजको प्रशंसा गरे ।

समारोहमा कलेजका चिफ डाइरेक्टर रमेशकुमार मण्डल, सह प्राध्यापक शैलेन्द्र शिवाकोटी, विज्ञान संकायका संयोजक नवीनकुमार राय र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले विद्यार्थीहरूलाई आगामी शैक्षिक यात्राको शुभकामना दिए ।

कार्यक्रममा कलेजका सञ्चालकहरू राजेन्द्रप्रसाद यादव, दयानन्द सिंह, डा. राजेन्द्रप्रसाद चौधरी, अनिलकुमार दास, प्राडा. ललितनारायण मण्डल, रामचन्द्र अधिकारी, शेषनारायण चौधरी, मणिराज भट्टराई र भूपेन्द्र दाहाललगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा विद्यार्थीहरुले नृत्य र गायन प्रस्तुत गरि सहभागिहरुलाई मनोरञ्जन प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर