पूर्वाञ्चल खबर
निर्वाचन आयोगले आज साँझ गरेको पत्रकार सम्मेलनमा कर्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन्। ‘६० प्रतिशत मत खसेको प्रारम्भिक जानकारी आएको उनको भनाइ छ। आयोगले सवै क्षेत्रका मतपेटिका संकलन गरेर प्रक्रियाअनुसार मतगणना सुरु हुने जनाएको छ।
निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता थिए । जसमा ९६ लाख ६३ हजार ३५८ पुरुष मतदाता, ९२ लाख ४० हजार १३१ महिला मतदाता र २ सय जना अन्य मतदाता थिए ।