AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्ट स्कुलको कारखाना प्रदर्शनी हेरेर अभिभावक दङ्ग

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ पुष २०८२, शनिबार १६:३१
270
Shares
विराटनगर / आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन् ।

विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलमा शनिवार आयोजित कारखाना प्रदर्शनीको कार्यक्रममा पुग्ने अभिभावकहरु दङ्ग देखिएका हुन् । कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुले आ–आफ्ना पाठ्यक्रममा रहेका विषयवस्तुहरूलाई व्यवहारत विभिन्न उपकरण मार्फत प्रस्तुती देखाएका हुन् ।

आफ्ना आविस्कारहरुले कसरी काम गर्छ रु तिनको उपयोगिता कस्तो हुन्छ रु आविस्कारहरुले मानव जीवनलाई कसरी सहज बनाउँछ जस्ता विषयमा विद्यार्थीहरुले अभिभावकलाई बुझाएका थिए ।

अभिभावक तथा पत्रकार ध्रुव भट्टराईले यस्ता कृयाकलापले बालबालिकाको सिकाई क्षमतालाई निकै प्रभावकारी बनाउने बताए। उनले आफ्नी छोरीहरुको परियोजना कार्य हेरेर आफैलाई पनि गर्व वोध भएको बताए।

यस्तै अर्का अभिभावक राजेश गिरिले बच्चाहरुको क्षमता हेर्दा वातावरण बनाइदिए धेरै कुरा गर्न सक्ने रहेछन् भन्ने अनुभूति भएको बताए । उनले सवै विद्यालयहरुले यस्तो वातावरण तयार गर्न सक्दा हाम्रो शैक्षिक स्तर निकै माथि उठ्ने विश्वास ब्यक्त गरे।

करिब ८ सय विद्यार्थीहरुले विभिन्न समूहमा रहेर सयौं परियोजना कार्यहरुको प्रदर्शनी गरेका छन् । विद्यालयका भाइस प्रिन्सिपल कुन्दन पुरीका अनुसार विद्यार्थीहरुले कक्षा कोठामा सिकेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतारेर देखाउने यो महत्वपूर्ण ‘प्ल्यार्टफर्म’ रहेको बताए।

एभरेष्टले बालबालिकामा अन्वेषण र आविष्कारमा चासो बढोस् भन्ने उद्देश्यका साथ कारखाना सँग सहकार्य गर्दै आएको छ । सोहि अनुसार शनिवार कारखाना प्रदर्शनी गरिएको हो ।

विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले एभरेष्टले हरेक वर्ष यस्ता गतिविधि गर्दै आएको स्मरण गर्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीमा समूहमा काम गर्ने, आत्मविश्वासमा वृद्धि हुने तथा अन्वेषणमा रुचि बढ्ने विश्वास ब्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर