AArya
RUMPUM
animated ellipse animated ellipse

कोशी प्रदेश सरकारले अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० कार्तिक २०८२, आईतवार १९:१३
108
Shares
विराटनगर/ कोशी प्रदेश सरकारले ३६ औं अन्तर्राष्ट्रिय बाल अधिकार दिवस आगामी मंसिर ४ गते मनाउने भएको छ ।

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना र सिविन नेपालको व्यवस्थापनमा कार्यक्रम गरिने भएको हो । बाल अधिकार दिवसको अवसरमा बक्तृत्वकला र निवन्ध प्रतियोगितामा सर्बोत्कृष्ट हुने बालबालिकालाई नगद सहित सम्मान गरिने भएको छ । बाल दिवस संयोजन तथा व्यवस्थापन समितिको आइतबार बसेको बैठकमा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाउने कार्यक्रमको तयारीबारे छलफल भएको छ । व्यवस्थापन समिति संयोजक तथा मन्त्रालयकी सहायक सचिव दुर्गा भण्डारी बरालले निवन्ध प्रतियोगिताका लागि मन्त्रालयमा आएका निवन्धहरु मध्येबाट उत्कृष्ट ३ वटा छनौट गर्ने काम भईरहेको छ । उत्कृष्ट निवन्ध छनौटका लागि छनौट समितिले काम गरिरहेको उनले बताइन् ।

बक्तृत्वकला प्रतियोगितामा बाल गृहहरुमा रहेका बालबालिकावीच प्रतिष्पर्धा हुने भएको छ । सोही कार्यक्रममा कोशी प्रदेशका बालबालिकाको अवस्था संवन्धि स्थिति पत्र सार्वजनिक गरिने भएको छ । यसअघि २०७७ सालमा प्रदेशको बालबालिका संवन्धि स्थिति पत्र सार्वजनिक गरिएको थियो । संयुक्त राष्ट्रसङ्घको महासभाबाट सन् १९८९ को नोभेम्बर २० मा बाल अधिकारसम्बन्धी महासन्धि पारित भएको दिनलाई स्मरण गरी पक्षधर राष्ट्रले अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रुपमा मनाउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर