AArya
RUMPUM
animated ellipse animated ellipse

स्वदेशी कच्चा पदार्थलाई बढावा दिन औद्योगिक नीति आवश्यक छ : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ माघ २०८१, मंगलवार १६:३३
63
Shares
विराटनगर / नयाँ औद्योगिक नीतिले नेपाललाई नयाँ युगमा प्रवेश गराउन मद्दत गर्ने कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आज विराटनगर आयोजित ‘औद्योगिक नीति २०८१ को मस्यौदा उपर सरोकारवालाहरुबीच अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै उनले स्वदेशी कच्चा पदार्थलाई बढावा दिन औद्योगिक नीति आवश्यक रहेको बताए ।

मुख्यमन्त्री कार्कीले विदेशबाट कच्चा पदार्थ आयात गरी उत्पादन हुने वस्तु विदेशी बजारमा प्रतिस्पर्धा गर्न नसकिने भन्दै उत्पादन खर्च कम हुने, आय आर्जन पनि गर्न सकिने स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई बढाव दिन औद्योगिक नीति हुनु पर्ने बताए ।

नेपालको हावापानी, माटो र भूगोल सुहाउँदो सेवामूलक र पर्यटन उद्योगहरुको आवश्यक्ता रहेको मुख्यमन्त्री कार्कीले बताए । दुई ठूला भूगोलको बीच रहेको नेपालमा भारत र चीनका पर्यटकहरु मात्र भित्र्याउन सके मुलुकमा धेरै ठूलो उपलब्धि हासिल हुने भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘ सरकारले निजी क्षेत्रलाई यसमा समावेश गराउन आवश्यक वातावरण बनाई दिनुपर्छ ।’ हामी कहाँ संरचनाहरुको राम्रो विकास हुन नसकेका बताउँदै मुख्यमन्त्री कार्कीले सरकारले नीति बनाउँदा बृहत हित र सोच राखेर बनाउनु पर्ने बताए ।

आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले राज्यलाई भरण, पोषणमा महत्वपूर्ण योगदान दिने निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति आवश्यक रहेको बताए । उनले निजी क्षेत्रले उच्चकोटीको वस्तु उत्पादन गरेमात्र बढी आय आर्जन गर्न सकिने भन्दै मध्यस्तरका उद्योग स्थापना गर्न प्रदेशलाई नै जिम्मा दिनु पर्ने आवश्यकता रहेको बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर