AArya
RUMPUM
animated ellipse animated ellipse

सामाजिक सञ्‍जालमा भावुक स्टाटस लेख्दै सन्दीपको सन्यास लिने संकेत

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ माघ २०८१, आईतवार ०९:०२
675
Shares
विराटनगर/  नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेले सन्यास लिने संकेत गरेका छन् ।

लामिछानेले सामाजिक सञ्जालमा राखेको एक भावुक पोस्टपछि समर्थकलाई धन्यबाद भन्दै सन्यास लिने संकेत गरेका हुन् ।

शनिबार राति सबैलाई धन्यवाद दिँदै उनले लेखेको पोस्टमार्फत ‘यो देश र यस सुन्दर राष्ट्रका अविश्वसनीय मानिसहरू सधैं मेरो साथमा उभिएका छन्, मेरो यात्राको हरेक पाइलामा अटल समर्थन प्रदान गर्दै । तपाईंको माया र प्रोत्साहन मेरो लागि संसारको अर्थ हो र सधैंभरि मेरो हृदयमा विशेष स्थान राख्नेछ’ भनेर लेखेका छन् ।

उनको यो स्टाटसलाई सामान्य रूपले लिने मान्छे एकतर्फ रहँदा लाखौंको मनमा भने कौतुहलता पनि ल्याएको छ । सन्दीपले केही ठुलो निर्णय लिन लागे कि भनेर । कतिले सन्यासको संकेत भएको समेत टिप्पणी गरेका छन् ।

यसअघि एक किशोरीसँग नाम जोडिएपछि सन्दीप केही समय खेल क्षेत्रबाट टाढा रहनुपरेको थियो । तर पछि पाटन उच्च अदालतले सफाइ दिएसँगै उनी पुनः नेपाली क्रिकेटमा फर्केका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर