खबर पूर्वाञ्चल
गत असोज ९ गते बुढिगंगा गाउँपालिका १ का ३५ बर्षीय चन्द्रमणी अधिकारी सवार को १३ प ३० नंम्वरको मोटरसाईकललाई कटहरी ४ स्थित चम्राही चोकमा प्रदेश १–०५००१ ख ००७७ नम्बरको ट्रकले ठक्कर दिएको थियो । टङकको ठक्करबाट घाईते भएका उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाईकललाई ठक्कर दिएर फरार भएका ट्रक चालक सिराहा कल्याणपुर नगरपालिका १२ का ४० बर्षीय श्याम सुन्दर महतोलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । महतोलाई सवारी ज्यान कसूरमा दिन ५ (पाँच) म्याद थप गरी अनुसन्धान कार्य भई रहेको मोरङ प्रहरीले बताएको छ ।