AArya
RUMPUM
animated ellipse animated ellipse

विश्वासको मत नपाए पछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढल्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ असार २०८०, शुक्रबार १४:३२
153
Shares
विराटनगर / नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार पाँच महिना २१ दिनमा ढलेको छ । आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत गुमाएसँगै एमाले नेतृत्वको कोशी प्रदेस सरकार ढलेको हो ।

संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री कार्कीले आज विश्वासको मत मागेका थिए । मुख्यमन्त्री कार्कीको पक्षमा ४६ मत मात्र परेपछि सरकार ढलेको हो ।

९३ सदस्यीय कोशीको प्रदेश सभामा सरकार बनाउनका लागि ४७ मत आवश्यक पर्छ । तर, अहिले एमालेका ४० र राप्रपाका ६ गरी मुख्यमन्त्री कार्कीले ४६ मत मात्र प्राप्त गरेका हुन् । विश्वासको मतको विपक्षमा भने ४३ मत परेको सभामुख बावुराम गौतमले जानकारी गराएका छन् । ‘सरकारको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ,’ उनले भने, ‘अर्को बैठक सुचना मार्फत जानकारी गराईनेछ ।’

पुस २५ गते चार दलको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले ६० जनाबाट विश्वासको मत पाएका थिए । शुक्रबार प्रदेश सभामा भएको मत विभाजनमा ९३ सांसदमध्ये ८९ जना सांसद उपस्थीति रहेका थिए । जसमा एमालेका ४० र राप्रपाका ६ गरी ४६ मत सरकारको पक्षमा प्राप्त भएको हो ।

मुख्यमन्त्री कार्कीको विपक्षमा ४३ जनाले मतदान गरेका थिए भने जनता समाजवादी पार्टी जसपाका एक मात्र सांसद निर्मला लिम्बू मतदान प्रक्रियामा सहभागि भईनन् । माओवादीका नारायण बुर्जा मगर र काँग्रेसकी ममता तामाङ्ग अनउपस्थति भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर