खबर पूर्वाञ्चल

विद्यालय प्रयोजनका लागि बनाएको भवनको माथिलो तल्लामा विद्यार्थीहरुको शारीरिक र मानसिक विकासका लागि हल निर्माण समेत हुने उनले बताए । विद्यालय र विराटनगर प्राईम राउण्ड टेबल–१० बीच भएको सम्झौता अनुसार विद्यालयको भवन सक्दो छिटो निर्माण गर्ने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा राउण्ड टेबल नेपालका केन्द्रीय अध्यक्ष राहुल अग्रवालले बाल बालिकाहरुलाई बस्न र बढ्नका लागि शिक्षाको क्षेत्रमा राउण्टेल सहयोग गरेको बताए । शिक्षा एवं स्वास्थ्यको क्षेत्रमा राउण्डलले अग्रनीय रुपमा काम गर्दै आई रहेको उनले दाबी गरे ।
सम्झौता कार्यक्रममा विराटनगर महानगर पालिका वडा नंः ४ का वडाअध्यक्ष जितन थापा, राउण्ड टेबल नेपालका केन्द्रीय महासचिव दिवस सुवेदी, कोषाध्यक्ष, साकेत मुरारका, जिल्ला शिक्षा समन्वय समिति मोरङका प्रमुख टंकप्रसाद गौतम, विराटनगर प्राईम राउण्ड टेबल–१० का सचिव माष्कर सोनी, मोरङ व्यपार संघका पूर्वअध्यक्ष प्रकाश मुन्दरा लगायतले शुभकामना व्यक्त गरे ।