विराटनगरमा एमालेको निकाल्यो विजयी र्याली, उपमेयरसहित ९ वडामा अध्यक्षमा विजयी(फोटो फिचर)
खबर पूर्वाञ्चल
७ जेष्ठ २०७९, शनिबार १७:५९
15.84k
Shares
एमालेकी शिल्पा निराला कार्की विराटनगर महानगरपालिकाको उपमेयर विजयी भए पछि र्यालीमा मतदातालाई अभिनन्दन गर्दै साथमा मेयरका उम्मेदवार सागर थापा । तस्वीर : पुष्पराज थपलिया
विराटनगर / उपमेयर सहित विराटनगर महानगरपालिकामा ९ वटा वडामा जितेको नेकपा एमालेले आज विराटनगरमा विजय र्याली निकालेको छ ।
विराटनगर रंगशाला अगाडिबाट सुरु भएको र्याली बजारको विभिन्न क्षेत्र परिक्रमा गरेको छ । र्यालीमा विजयी उम्मेदवार पार्टीका, नेता, कार्यकर्ता र महानगरबासीहरुको उपस्थिती रहेको छ ।
महानगरका १९ वटा वडामध्ये सबैभन्दा बढी एमालेका भागमा ९ वटा परेको छ । एमालेले १, २, ३, ४, ८, १०, ११, १४ र १९ नम्बर वडामा वडाध्यक्ष पाएको छ । यसअघि एमालले विराटनगरमा ३ वडामा मात्र जितेको थियो । तस्वीरहरु पुष्पराज थपलिया