AArya
RUMPUM
animated ellipse animated ellipse

विपद्मा फोटो खिच्ने तर उद्धार एवं रोकथाममा नलाग्ने जनतालाई सचेत बनाउनु पर्छ –मन्त्री कार्की

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

५ माघ २०७८, बुधबार १७:५२
252
Shares
विराटनगर / प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले विपद्मा जनता माझ छिटो देखिने गरी प्रदेश सरकार काम गरिरहेको बताएका छन् ।

मन्त्रालयले आज मन्त्रालयमा आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उनले विपद्मा फोटो खिच्ने तर उद्धार एवं रोकथाममा नलाग्ने जनतालाई पनि सचेत र सजग बनाउने बताए । उनले प्रदेशको १३७ वटै स्थानीय तहमा नगर रक्षक, स्काउट र युवालाई सचेतना तालिम दिने भन्दै प्रदेश सरकार नयाँ ढङ्गले काम गर्ने प्रयास गरेको बताए । उनले स्थानीय तहमा कानून सम्बन्धी परामर्श र सेवा दिन मन्त्रालय तत्पर छ भन्दै जनताका सेवामा जनप्रतिनिधि तदारुकतासाथ लाग्न आग्रह समेत गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले सुनसरीको दक्षिणी क्षेत्रका वर्षेनी आगलागीको समस्य देखिएको अवस्थामा देवागञ्ज गाउँपालिकाले प्राप्त गरेको बारुणयन्त्रबाट नागरिकको धनसम्पति क्षति हुनबाट जोगिने विश्वास व्यक्त्त गरे । उनले भने,‘ आगलागी भएको समयमा सहरी क्षेत्रबाट जाने दमकल ढिलो पुग्दासम्म नागरिकको घर जलेर खरानी भइसक्थ्यो, अब आगलागीमा ग्रामीण जनताले सहरको मुख ताक्नु पर्दैन।’

आन्तरिक मामिला तथा कानून सचिव कालीप्रसाद पराजुलीले विपद्को घटनाबाट जोगिन दमकलको उचित प्रयोग हुनु पर्ने बताए । उनले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी दिइएको दमकलबाट स्थानीय जनताले बढीभन्दाबढी लाभ लिन सकोस् शुभकामना दिए । उनले दमकल मुख्यमन्त्री अतिआवश्यक सेवा केन्द्र सञ्चालनका लागि दिइएको हो बताए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपाकिाका प्रमुख भीम पराजुलीले महानगरमा पाँच वटा बारुणयन्त्र मध्ये दुई वटा बिग्रेको अवस्थामा प्रदेश सरकारबाट प्राप्त दमकले नागरिक सेवामा मद्दत पुग्ने बताए ।

सुनसरी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले सुख्खा मौसममा यस क्षेत्रमा वर्षेनी आगलागीको घटना हुने गरेको तर दमकलको अभावमा जनताले व्यापक क्षति व्यहोर्नु परेको समस्या अब अन्त्य बताए ।

सो अवसरमा मन्त्रालयले सुनसरीको देवागञ्ज गाउँपालिका र मोरङको विराटनगर महानगरपालिकालाई एक÷एक थान नयाँ बारुणयन्त्र सहयोग स्वरुप प्रदान गरेको छ ।

देवानगञ्ज गाउँपालिकाले प्राप्त दमकलबाट हरिनगर र बर्जुगाउँपालिका संयुक्त्त रुपमा यसको रेखदेख, मर्मत र सुरक्षाको काम गर्ने भनि मन्त्रालयसँग दुई पक्षीय सम्झौता पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर