AArya
RUMPUM
animated ellipse animated ellipse

झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी क्याम्पमा डे केयर भवन निर्माण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७८, आईतवार १६:५३
288
Shares
विराटनगर / झापाको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा ज्येष्ठ नागरिकहरुको हेरचाहकालागि ‘डे केयर भवन’निर्र्माण गरिएको छ ।

इन्ट्रा नेशनल वेल्फेयर एण्ड सपोर्ट फाउन्डेशनअफ अमेरिकाद्वारा शरणार्थी क्याम्पमा दिवा सेवा भवन निमार्ण गरिएको हो । प्रदेश १ कामुख्यमन्त्री राजेन्द्र राईले भवनको उद्घाटन गरेका हुन् ।

फाउण्डेशनले करिब ७ महिना अघिदेखि नै भवन निर्माणको कार्य थालेको थियो । भवनमा हालसम्म ६५ लाख बराबरको काम भईसकेको छ । हाल बिजुलीबत्ती जडान र फाइनलफिनिसिङकोे काममात्र बाँकी रहेको फाउण्डेशनका क्षेत्रीय संयोजक राम बानियाले बताए । बेल्डाँगीस्थित क्याम्पमा रहेका शरणार्थीहरुको व्यवस्थापनमा सहयोग पुु¥याउने लक्ष्यसहित ३ सय जना अटाउन सक्ने क्षमताको डे केयर भवन निर्माण गरिएको उनले जानकारी दिए ।

भवन भित्रहाल २ वटा ठुल्ठुुला हल, एउटा स्टेज र २ वटा अफिस सहितका संरचनानिर्माण गरिएका छन् । उक्त भवन क्याम्पभित्र रहेका शरणार्थी सहित बाहिरका ज्येष्ठ नागरिकहरुका समेत निर्माण गरिएको फाउण्डेशनले जनाएको छ । यसअघि रुखको फेदमुुनि दिन बिताउँदै आएका शरणार्थीहरुका लागि डे केयर भवननिकै नै लाभदायक साबित हुने फाउण्डेशनको विश्वास छ ।

प्रदेश १ को मोरङस्थित पथरी शनिश्चरेमा १ हजार ५ सय र झापाको बेल्डाँगीस्थित क्याम्पमा साढे ५ हजार शरणार्थीहरुको बसोबास छ । पथरीको शरणार्थी शिविरमा इन्ट्रा फाउण्डेशनले २ वर्ष अघि नै करिब २५ लाखको लागतमा डे केयर भवन निर्माण सम्पन्न गरि हस्तान्तरण गरिसकेको छ ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुुख्यमन्त्री राईले शरणार्थीहरुको दिगो व्यवस्थापनका निम्ति प्रदेश सरकारले संघीय सरकारसँग आवश्यक समन्वय र पहलगर्ने बताए । शरणार्थीहरुलाई आफ्नै मुलुक पठाउने, तेश्रो मुलुकमा पुर्नवासको व्यवस्था मिलाउनेवा नेपालमै व्यवस्थापनका निम्त्ति कानुनी बाटो खोज्ने बिषयलाई सरकारले गम्भीरतापूर्वक लिएको उनले जानकारी दिए ।

शरणार्थीहरुको स्थायी व्यवस्थापनका साथसाथै दैनिक जीवनयापनमा आईपर्ने व्यवहारिक समस्या समाधानका निम्त्ति समेत प्रदेश सरकार हिस्सेदार बनेर जान तयार रहेकोे मुख्यमन्त्री राईले दाबी गरे ।

ज्येष्ठ नागरिक लक्षित दिवा सेवाभवनको उद्घाटनसँगै ‘मेरो डान्स कप’ र ‘मेरो भ्वाईस कप’प्रतियोगिताको समेत शुभारम्भ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर