खबर पूर्वाञ्चल
एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको दसैँ, तिहार, छठलगायत पर्वको शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रममा बाल्दै अध्यक्ष ओलीले सो कुरा बताएका हुन् ।
बेस्सरी चलेछ भने १३ महिना मात्रै हो, त्यसपछि त चुनाव हुन्छ’ अध्यक्ष ओलीले भने, ‘हामीले चाह्यौं भने त हामी हप्तादिनमा ढाल्दिछौं, तर हामीलाई हतार छैन, यिनीहरूलाई लुतो लागेको छ, खुइलिएर रौं आफै झर्छन् ।’
जनतालाई झुक्याएर, भ्रममा पारेर, स्वार्थपूर्तिका लागि मात्र बनेको सरकार धेरैदिन टिक्न नसक्ने अध्यक्ष ओलीले बताए ।
उनले गठबन्धनभित्र तमासा देखिन थालेको भन्दै सरकार ढलेको अपजस एमालेले लिनै नचाहेको बताए । अध्यक्ष ओलीले अदालतले सेटिङ गरेर आफ्नो सरकारविरुद्ध फैसला गरेको टिप्पणी समेत गरे ।
अध्यक्ष ओलीले भने ‘जनतामा असाधारण जागरण आएको छ, नेपाल बनाउने कुरा एकजुट भएर नेपाल बनाउनुपर्छ समृद्ध नेपाल सुखी नेपाली बनाउनुपर्छ । हाम्रो भूमि फिर्ता लिनुपर्छ । हाम्रो नक्सा कायम राख्नुपर्छ । हाम्रो देश विकास गर्नुपर्छ । भन्ने कुराको फैसला जनताले चुनावमा गछन् ।’ जनतालाई न्यायाधिश बनाएर अघि बढ्ने कुरालाई प्रतिगमन भन्नेहरुले त्यतिबेला जवाफ पाउने उनले बताए ।