खबर पूर्वाञ्चल
विराटनगर विमानस्थलमा आज सञ्चाकर्मीहरुसँग कुरा गर्दै उनले गठवन्धन सरकारको संस्कृतिलाई ध्यानमा राखी सबैसँग छलफल गरी छिट्टै मन्त्रिमण्डल विस्तार गरिने प्रष्ट पारे ।
सरकारका प्रवक्त्ता समेत रहेका मन्त्री कार्कीले स्थिर सरकार र दिगो विकासका लागि गठन्बन्धक वाहेक अन्य दलहरुसंग सरकारमा सहभागीताका सम्वन्धमा कुरा भैरहेको जानकारी दिए ।
दिगो विकासका लागि सरकारले बाँकी अवधिका लागि ठोस दिशा निर्देशन गर्ने उल्लेख गर्दै उनले समयको महत्व वुझेर सरकारले जनताले अनुभूति गर्ने विकास कार्य शुरु गर्ने प्रष्ट पारे ।
मन्त्री कार्कीले राजनीतिक दलसम्वन्धि अध्यादेश आवश्यक्ता र वाध्यताले ल्याएको हो भन्दै आगामी अधिवेशनमा यस सम्वन्धमा छलफल हुने बताए । उनले नेपाली काँग्रेसको अधिवेशन तोकिएको समयमा हुने प्रष्ट पार्दे भदौ १८ गते वडास्तरीय अधिवेशन हुने बताए ।
मन्त्री कार्कीले निर्धारित समयमा सभापतिको नामको घोषणा सार्वजनिक गर्ने समेत जानकारी दिए । एमसिसि भनेको विकास परियोजना हो यो हाम्रो मुलुकलाई जरुरी भएको भन्दै उनले यस सम्वन्धमा दलहरुवीच छलफल गरि पारित गर्ने बताए ।