AArya
RUMPUM
animated ellipse animated ellipse

सहायक क्याम्पस प्रमुखको नियुक्तिको लागि लविङ गरेको छैन : प्रध्यापक संघ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१९ श्रावण २०७८, मंगलवार ११:२२
927
Shares
विराटनगर/ विराटनगरस्थित महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पसको सहायक क्याम्पस प्रमुखको नियुक्तिको लागि त्रि.वि. प्रध्यापक संघ क्याम्पस एकाइ समिति विराटनगरले कुनै लविङ र सिफारिस नगरेको बताएको छ ।

संघका सभापति डा. विमल कण्ठले क्याम्पस प्रमुख नियुक्तिको लागि लबिङ गरेको समचार प्रकाशित भएको थियो । उक्त समाचारलाई लिएर संघले विज्ञाप्ती जारी गर्दै सहायक क्याम्पस प्रमुखको नियुक्तिको लागि संघ र सभापतिले कुनै पनि लविङ र सिफारिस नगरेको स्पष्ट पारेको हो ।

‘त्रि. वी. प्रध्यापक संघ सहायक क्याम्पस प्रमुख नियुक्तिका लागि सिफारिस गर्ने संस्था होइन् । यस संघमा सबै बैचारिक प्रध्यापक संगठनको प्रतिनिधिहरुको उपस्थिती रहने र्गछ र अहिले पनि छ । त्यसैले यस संघले कसै कुनै व्यक्ति लाई सहायक क्याम्पस प्रमुखको लागी सिफारिस नगरेको, लविङ नगरेको कुरा स्पष्ट गर्न चाहन्छ,’ जारी विज्ञाप्तीमा उल्लेखछ ।

संघको सभापति डा. कण्ठ र सचिव जीवन ढाकालले जारी गरेको विज्ञाप्तीमा सभापित कण्ठलाई त्रि. वी. केन्द्रले रिर्सच सम्बन्धी काममा मात्र रोक लगाएको र यस बाहेक सम्पूर्ण कार्यक्रमहरूमा सक्रिय सहभागी हुने निर्णाय यस संघको पूर्ण बैठकले गरेको पनि जानकारी गराएको छ । यस्तै क्याम्पसमा भइरहेको अनियमित गतिविधि अध्ययन अध्यापनको समस्या, खानेपानीको समस्या, आशिंक शिक्षकको समस्या, प्रध्यापकहरूको मान मर्दन सम्बन्धमा बारम्बार क्याम्पस प्रशासनलाई लिखित माग पत्र दिँदा समेत कुनै सुनवाइ नगरेको कुरा समेत विज्ञाप्ती मार्फत जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर