AArya
RUMPUM
animated ellipse animated ellipse

खुट्टा मर्किँदा बाँध्ने कपडाले घाँटीमा बाधी हत्या गर्ने पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३ असार २०७८, बिहीबार १९:२८
927
Shares
झापा / झापाको मेचीनगरमा एक जनाको हत्या भएको छ । बुधबार राति पौने ९ बजे मेचीनगर–५ इँटाभट्टा अधेरी टोलका ४० वर्षीय भीमराज लिम्बुको हत्या भएको हो ।

भीमराजको हत्याको आरोपमा सोही स्थानका ५६ बर्षीय सुकराज लिम्बु पक्राउ परेका छन् । भीमराजको शव मुखबाट रगत आइरहेको अवस्थामा फेला परेको थियो । उनको घाँटीमा खुट्टा मर्किँदा बाँध्ने कपडा कसिएको थियो ।

पक्राउ परेका सुकराजले आपसी झगडा हुदाँ खुट्टा मर्किँदा बाँध्ने कपडाले मृतकको घाँटीमा बाधी घटना घटाएको अनुसन्धानको क्रममा स्विकार गरेका छन् । उनी उपर थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर