खबर पूर्वाञ्चल
प्रशिक्षक अब्दुल्लाहले जोर्डनविरुद्ध नेपाली टिमले जित निकाल्न हरसम्भव प्रयास गर्ने बताएका हुन् । नेपालले विश्वकप छनोट अन्तर्गत आज जोर्डनसंग प्रतिस्पर्धा गर्दैछ । पहिलो लेगको खेलमा नेपाली टिम जोर्डनसंग ३–० ले पराजित बनेको थियो । विश्वकप छनोटको तयारी स्वरुप ईराकमा मैत्रीपूर्ण फुटबल खेलपछि सबैको नजर नेपालमा छ । नेपालको फेरिएको आक्रमक फुटबललाई धेरैले प्रशंसा गरेका छन् । नयाँ प्रशिक्षक अलमुताईरी युवा टिम सहित विश्वकप छनोटको बाँकी खेल खेल्न कुवेत पुगेका छन् ।
विश्वकप छनोट अन्तर्गत नेपालले पछिल्लो खेलमा चाईनिज ताईपेसंग खेलेको थियो । अलमुताईरीको पहिलो औपचारिक प्रतियोगितामा नेपालले २–० को जित निकालेको थियो । विश्वकप छनोटको पहिलो लेगको खेलमा जोर्डनले नेपाललाई ३–० ले हराएको थियो ।