AArya
RUMPUM
animated ellipse animated ellipse

मानव सेवा आश्रमको अपाङ्ग मैत्री भवन २० करोडको लागतमा निर्माण हुने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३१ चैत्र २०७७, मंगलवार २२:४८
459
Shares
विराटनगर / सहयोगापेक्षी सडक मानवहरुको वसोवासका लागि मानव सेवा आश्रमले विराटनगर महानगरपालिकामा आफ्नो भवन निर्माण गर्ने भएको छ ।

विराटनगर महानगरपालिका र मानव सेवा आश्रम प्रदेश १ विराटनगर शाखाको नयाँ भवन निर्माण एवं शिलान्यास सम्वन्धमा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । विराटनगर –५ स्थित श्री डम्बर सत्सङ सद्गुरु कवीर सेवा आश्रमले प्रदान गरेको छ कठ्ण जग्गामा अपाङ मैत्री, पूर्ण बातावरण युक्त भवन २० करोडको लागतमा निर्माण गरिने जानकारी गराइयो ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले आफ्नो एक वर्षका पारिश्रमिकको पाँच लाखको लागतमा एक कोठा भवन निर्माण गर्ने सहयोग गर्ने जानकारी दिदै नगरका प्रवुद्धवर्ग, व्यापारी, उद्योगी एवं नागरिकहरुले भवन निर्माणमा सहयोग गर्ने बताए । उनले आश्रमको महानगरका तीन स्थानमा वहालमा लिएको भवनका लागि वार्षिक ३० लाख बजेट विनियोजन गरिएको जानकारी दिए ।

आश्रमका केन्द्रीय संयोजक रामजी अधिकारीले विसं २०६९ देखि सञ्चालित आश्रमममा अहिले १ हजार ७ सय जना सहयोगापेक्षी रहेको जानकारी दिए । आश्रममा प्रदेश १ का अभियन्ता नवराज केसी, नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष बन्धु पोखरेललगायतले मानव सेवामा कार्य गर्नेलाई हौसला प्रदान गर्नुपर्नेमा जोड दिए ।

सोही अवसरमा नेपाल पत्रकार महासङ्घका मोरङका नव निर्वाचित अध्यक्ष सन्जिव खनाल, सचिव नेत्र पि अधिकारी लगायतलाई वधाई एवं सम्मान गरियोे । आश्रमको प्रदेश कार्यालय विराटनगरका तीन भवनमा २ सय ६ जना सहयोगापेक्षीले आश्रय लिइरहेका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर